काठमाडौं । सगरमाथा आधारशिविर (पाँच ३६५ मिटर) मा कोरोना भाइरस (कोभिड १९) को संक्रमण आशंका भए पछि संकास्पद आरोहणदलका सदस्यलाई क्वारेन्टाइनमा राखिएको छ । पर्यटन विभागका उनीहरूलाइ एक साता क्वारेन्टाइनमा राखिएको जनाएको हो ।
विभागले खटाएका सम्पर्क अधिकृतहरु आधारशिविर नपुगे पछि हिमालयन रेस्क्यु एसोसिएसनले सञ्चालन गरेको स्वास्थ्य शिविरका स्वास्थयकर्मीहरूले संक्रमणको आशंका भएको क्षेत्रमा डोरी बाँधेर सिल गरेका छन् ।
स्वास्थ्य शिविरका प्रमुख लाक्पा शेर्पाका अनुसार थप संक्रमण फैलिन नदिन एक सातासम्म उक्त क्षेत्र सिल गरेको र त्यहाँका आरोहणदलका सदस्यलाई हिडडुलमा गर्न नदिएको जानकारी दिएका छन्। एक साता अघि आधारशिविरमा सिकिस्त विरामी परेका नर्वेका आरोहीलाई काठमाडौंमा रेस्क्यू गरी उपचार गर्ने क्रममा कोरोना संक्रमण भएको आशंका गरिएको थियो, सोही अनुसार आधार शिविरमा थप कडाइ गरिएको छ ।
तर सरकारले खटाएका सम्पर्क अधिकृतहरु २० दिन वितिसक्दा समेत एक जना पनि आधारशिविर पुग्न नसके पछि समन्वय गर्न समस्या हुने गरेको शेर्पाको भनाई छ । यस वर्ष सगरमाथाका लागि ३७७, ल्होत्सेका लागि १०४, नुप्सेका लागि २३ र पुमोरीका लागि ५ जना गरी ५०९ जना आरोहीले आरोहण अनुमती लिएका छन् ।
सगरमाथा आधारशिविरमा यि चारवटै हिमाल आरोहण गर्ने आरोही, कामदार, सगरमाथा सफाइ गर्ने कामदार लगायत १५ सय जना बढी आधारशिविरमा रहेका छन् । गोरखापत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ११ बैशाख २०७८, ०८ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यसपालिको आरोहण सिजनमा सयौँ चढे सगरमाथा
आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै
असई कुन्जाङले चढिन् सगरमाथा
एकैदिन १३५ आरोही सगरमाथा शिखरमा
सुरु भयो योे वर्षको सगरमाथा आरोहण, ४२१ जना चुचुरो चुम्ने प्रतिक्षामा
भूकम्पपछि चीनले अस्थायी रूपमा बन्द गर्यो सगरमाथा क्षेत्र