टेक्ससका युवा व्यवसायी विकलको सहकोषाध्यक्ष पदमा उम्मेदवारी

सफल खबर संवाददाता

शुक्रबार, १० बैशाख २०७८, १९ : ३३
टेक्ससका युवा व्यवसायी विकलको सहकोषाध्यक्ष पदमा उम्मेदवारी

टेक्ससका युवा व्यवसायी बिलक ढकालले सहकोषाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । सुशासन र पारदर्शियताका लागि नयां सोच र नयां जोश साथ आफुले उम्मेदवारी दिएको उनले वताएका छन् ।

उनी भन्छन्, गैर आवासिय नेपाली संघ राष्ट्र समन्वय परिषद अमेरिका एनआरएनए अमेरिकाका सहकोषाध्यक्ष पदमा मैले उम्मेदवारी दिएको छु । विदेशमा वस्ने सवै नेपाली समुदायको साझा संस्था एनआरएनएमा उम्मेदवारी दिएको मेरो यो पहिलो पटक हो ।

सहकोषाध्यक्ष भन्दा माथि थुप्रै पदहरु छन् । तर, एनआरएनए अमेरिकाको कार्यसमिति भित्र पहिलो पटक प्रवेश गर्न लागि मैले उक्त पदमा आफुलाई योग्य देखेर उम्मेदवारी दिएको हुं । सहकर्मी कोषाध्यक्ष लगायत समग्र कार्यसमितिलाई सहयोग गर्ने सहकोषाध्यक्षको जिम्मेवारी भित्र पर्छ । त्यसलै मैले यो पदमा आफुलाई योग्य देखेको हुं । उक्त पदमा हुदां एनआरएनए अमेरिका भित्र रहेर सुशासन, आर्थिक पारदर्शियताका लागि नयां सोच दिन सक्छु । विशेष गरी आर्थिक पारदर्शियता कायम राख्न म पछि पर्ने छैन ।

विकल विद्यार्थीका रुपमा अमेरिका आएका थिए । आफ्नो मास्टरसम्मको पढाई संगै उनी आफ्ना स्टिरसम्मका पढाइ संग उना व्यवसायमा पनि संलग्न भए । युवा व्यवसायी विकल अहिले उनले स्टोर, होटल, रियल स्टेट लगायतमा लगानी गरेका छन् । नेपालमा पनि उनले लगानी गरेका छन् । उनको व्यवसायमा करिव १ सय जनाले रोजगार पाएका छन् ।

एनआरएनए अमेरिका सदश्य संख्याका रुपमा ठुलो हुदै गर्दा कोष पनि बृद्धि हुदै छ । त्यसैले संस्था भित्र कोषाध्यक्ष, सहकोषाध्यक्ष लगायतको जिम्मेवारी पनि बढ्छ । यही कारण पहिले भन्दा वढी सुशासन र आर्थिक पारदर्शियताको खाचो छ उनी भन्छन् ।

विकलले आफुले सधै सुशासन र वित्तीय पारदर्शियताका लागि जोड दिएको बताएका छन् । उनी भन्छन् म विद्यार्थीका रुपमा अमेरिका आई सघर्ष गर्दै पढाई पुरा गरें । केही बर्षको संघर्ष पनि अहिले व्यवसायीका रुपमा पहिचान बनाउन सकेको छु । केही स्टोर, होटल, रियल स्टेट लगायतमा मेरो लगानी छ । यो विस्तारको क्रममा पनि छु ।

मैले आफ्नो व्यवसायमा पनि सुशासन र वित्तीय पारदर्शियतालाई सधैं पहिलो प्रथामिकतामा राखेर कार्यान्वयन गर्दै आएको छु । व्यवसायमा वित्तीय पारदर्शियता कामय गर्दा मेरा साझेदार, सहकर्मी कर्मचारी, बैंक लगायतसंग काम गर्न सजिलो पनि भएको छ । यसले गर्दा नयां जोशका साथ व्यवसाय विस्तारमा पनि मलाई हौसला मिलेको छ ।

 

प्रतिक्रिया दिनुहोस