अमेरिकी राष्ट्रपतिले बेलायती प्रधानमन्त्रीलाई भने– मलाईभन्दा मुस्लिम आतंकवादीलाई बढी ध्यान देऊ

विहीबार, १४ मंसिर २०७४, ११ : ५४
अमेरिकी राष्ट्रपतिले  बेलायती प्रधानमन्त्रीलाई भने– मलाईभन्दा मुस्लिम आतंकवादीलाई बढी ध्यान देऊ


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पछिल्लो २४ घन्टा सामाजिक सञ्जाल ट्वीटरमा चर्चामा छन् । हिजोमात्र ट्रम्पले बेलायतको दक्षिणपन्थी दलले बनाएको मुस्लिमविरोधी भिडियो रिट्वीट गरेका थिए । सो भिडियोमा मुस्लिमलेहरुले एक किशोरलाई छतमा लिएर पिटेर मारेको देखाइएको थियो।

एउटा सानो समूहले राखेको भिडियो ४ करोड ३६ लाखभन्दा बढी फ्लोअर भएका ट्रम्पले रिट्वीट गर्दा मुस्लिम विरोधी अनावश्यक चर्चा हुने भन्दै उनको आलोचना भएको थियो । बेलायती प्रधानमन्त्री थेरेसा मेको कार्यालयले राष्ट्रपति ट्रम्पले उक्त भिडियो रिट्वीट गर्नु गलत भएको बताएको थियो।

त्यसको जवाफ ट्रम्पले प्रधानमन्त्री मेलाई आफूलाई भन्दा बढी बेलायतमा बढीइरहेको मुस्लिम आतंकवादलाई ध्यान दिन सुझाएका हुन् । उनले ट्वीटरमा लेखेका छन्– थेरेसा मे, मलाई ध्यान नदिनुस्, बेलायतमा भइरहेको कट्टरपन्थी स्लामिक आतंकवादमा बढी ध्यान दिनुस् । हामीले राम्रै गरिरहेका छौं।

 

प्रतिक्रिया दिनुहोस