‘एमसीसी’ पारित गराउन प्रधानमन्त्री ओलीको अनेक प्रपञ्च, रहस्य खुल्ने भएपछि संसद् अधिवेशन नै अन्त्य

सफल खबर संवाददाता

शुक्रबार, १० बैशाख २०७८, १० : ०३
‘एमसीसी’ पारित गराउन प्रधानमन्त्री ओलीको अनेक प्रपञ्च, रहस्य खुल्ने भएपछि संसद् अधिवेशन नै अन्त्य

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग परियोजना (एमसीसी) पारित हुन नेदेखेपछि नाटकिय ढंगमा संसद अधिवेशन अन्त्य गरेका छन् । प्रधानमन्त्री ओलीले सार्वजनिक मञ्चबाटै दर्जनौ पटक एमसीसी लगायत अन्य संसदबाट पारित हुनुपर्ने काम सभामुख अग्नि प्रसाद सापकोटाकै कारण हुन नसकेको भन्दै तीखो टीकाटिप्पणी गर्दै आएका छन् । 

प्रधानमन्त्री ओलीले बालुवाटारमा आयोजित सर्वदलीय बैठक होस् वा अन्यत्र जहाँसुकै होस् ओलीले सभामुखले सबै प्रक्रिया रोकेको भन्दै गैरराजनीतिक रूपमा टीकाटिप्पणी गर्ने गरेका छन् । इन्डो अमेरिकन रणनीतिको एउटा प्रशाखाको रूपमा रहेको एमसीसीलाई जसरी भए पनि अगाडि बढाउने योजनाको रूपमा ओली परिचिालित भएको तथ्यहरुले बताए पनि ओलीले सो परियोजनाका जसरी पनि पारित गराएरै लाग्ने पक्षमा उभिएका छन् । ओलीले सो परियोजनाका सम्बन्धमा दोहोरो भूमिका निर्वाह गरिरहेको तथ्यहरुले पुष्टि गरेको छ ।  ओलीले अमेरिकी अधिकारी, अमेरिकी राजदूत तथा सम्बद्ध अधिकारीसँग जसरी भए पनि एमसीसी पास गर्छु भनेर वाचा गरेका छन् ।

त्यस्तै उनले चीनसँग एमसीसी पास गर्ने आफ्नो दायित्व नभएको मन्त्रणा मात्रै गरेका छैनन् ।  कुनै पनि हालतमा पास नहुने बताइरहेको उनकै गुटमा रहेको नेताहरुको भनाइ छ । त्यसको पछाडि चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने नेपाल भ्रमणको क्रममा उनी आउनुभन्दा केही समयअगाडि प्रधानमन्त्री ओलीले तत्कालीन प्रतिनिधि सभामा सभामुख कृष्णबहादुर महरालाई भनेका थिए– एमसीसी प्रस्ताव अगाडि नबढाऊ, फाइलमा राखौँ । हामीले चीनको मन जित्नुपर्छ । २०७६ असार ३० गते प्रतिनिधि सभामा दर्ता भएको एमसीसी पास गर्न नहुने पक्षमा तत्कालीन सभामुख महरा र अहिलेका सभामुख अग्निप्रसाद सापकोटा रहेको चर्चा बेला बेलामा गरिन्छ । आमरूपमा प्रधानमन्त्री ओलीको पनि भित्री कुरा मिल्ने भए पनि उनी बाहिरी दुनियाँलाई देखाउन एमसीसीको पक्षधर देखिएका छन् ।

ओलीले अमेरिकी योजनामा नै दुई तिहाइ जनमत प्राप्त नेकपालाई तीन टुक्रा बनाइदिएका हुन् । कम्युनिस्टलाई सक्न कम्युनिस्ट नामधारीलाई नै परिचालन गर्नुपर्छ भन्ने अमेरिकी योजनालाई ओलीले कार्यान्वयन गरेका हुन् ।  प्रधानमन्त्री ओलीले नयाँ वर्षको दिन देशवासीका नाममा गरेको सम्बोधन र आफैले बोलाएको सर्वदलीय बैठकमा व्यक्त गरेको धारणामा भने एमसीसी पास गर्न खोजिए पनि सभामुखले रोकेको बताएका थिए । उनले ‘नियतवश’ संसदीय कार्यसूची नराखिएको कुतर्क गरेका थिए । सर्वदलीय बैठकमा सहभागी एक नेताका अनुसार, ७ गते प्रतिनिधि सभाको कार्यव्यवस्था समिति बैठकमा एमसीसीको विषय एजेन्डा राख्ने, नेकपा (माओवादी केन्द्र) ले मान्यो भने सहमतीमा अगाडि बढाउने र माओवादीले सहमतिमा पास गर्न नमाने पनि अगाडि बढाएर बहुमतले पास गर्ने कार्ययोजना तय गरिएको बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा राप्रपाका नेता डा. प्रकाशचन्द्र लोहनीले जानकारी दिएका थिए । 

जानकारहरुका अनुसार  काँग्रेस सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग एमसीसीबारे निरन्तर कुरा गरिरहेका थिए । सोही कारण ओली अफ्ठ्यारो प¥यो । प्रमुख प्रतिपक्षी दल नै तयार भएपछि त बहुमतमा पारित हुने अवस्था आएको छ ।  खासगरी माओवादीले असंलग्न परराष्ट्र नीति र पञ्चशीलका आधारमा नेपाल कुनै पनि सैन्य गुटमा रहने छैन् भन्ने सङ्कल्प प्रस्ताव पास गरेमा एमसीसी पास गर्न सकिने धारणा राख्दै आएको अवस्थामा एमसीसी अगाडि बढ्ने वातावरण बनेको थियो । तर संसद् अधिवेशन नै अन्त्य गरिदिएपछि त एमसीसी पास नै गर्नुपरेन । ओलीको चरित्र सार्वजनिक हुने भयले प्रतिनिधि सभाको बैठक नै अन्त्य गरिएको जानकारहरुको भनाइ छ । 

ओलीले आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन लागिएको भन्दै हल्ला चलाएर एमसीसी पास हुन नदिने योजनाअनुसार नै संसद् अधिवेशन अन्त्य गरेको जानकारहरुको टिप्पणी छ । एउटा हल्ला गर्ने र अर्को काम गर्ने योजनामा ओली परिचालित छन् ।  विसं २०७४ भदौ २९ मा एमसीसी र नेपाल सरकारबीच मिलेनियम च्यालेन्ज कम्प्याक्ट (सम्झौता) भएको सन्दर्भमा २०७५ माघ २५ गते मन्त्रिपरिषद्बाट एमसीसी सम्झौता लागू गर्ने निर्णय गरिएको थियो ।

सो सम्झौताअनुसार अमेरिकाले ५० करोड अमेरिकी डलर अनुदान दिने र नेपालले १४ अर्ब रुपैयाँ विनियोजन गरेको छ । एकातिर एमसीसी सभामुखले रोकेको भन्ने, अर्कोतर्फ चिनियाँ अधिकारीसँग मैले गरेको होइन, अरूले नै गरेको हो, त्यसमा मेरो दायित्व छैन भन्दै पन्छने व्यवहार ओलीको देखिएको छ । सोही व्यवहारका कारण विदेशी शक्ति राष्ट्रले नेपालमा खेल्ने मौका समेत पाएको छ । 
 

प्रतिक्रिया दिनुहोस