दमक । झापामा छुटाछुट्टै घटनामा परेर दुई बालकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार साँझ बुधबारेस्थित पोखरीमा डुबेर एक किशोरको मृत्यु भएको छ भने कमलमा अर्का बालकको रुखको हाँगोले लागेर ज्यान गएको छ ।
बुद्धशान्ति–३ स्थित विनोद मोक्तानको माछापोखरीमा साँझ पौडी खेल्ने क्रममा स्थानीयवासी हरिप्रसाद पौडेलका १३ वर्षीय छोरा नितेश पौडेलको ज्यान गएको हो । स्थानीयवासी धनबहादुर चौहानका छोरा १४ वर्षीय सुजन चौहानसँगै नितेश स्कुलबाट फर्किने क्रममा माछापोखरीमा पौडी खेल्न गएका थिए ।
पोखरीमा पसेका सुजनलाई स्थानीयवासीले उद्धार गरी उपचारका लागि लिभिङ होप अस्पताल पु¥याएका थिए भने नितेश डुबेर बेपत्ता भएको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटिएर पोखरीको पानी सुकाई खोजतलास गर्ने क्रममा साँझ ७ बजे पोखरीमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए ।
यसैगरी कमलगाउँपालिका–५ सीतापुरीका राम राईका आठ वर्षीय छोरा योजल राईको रुखको हाँगाले लागेर मृत्यु भएको छ । बिहीबार बुवासँग सोही स्थानमा रहेको रतुवामाई वृक्षरोपणको नर्सरीमा दाउरा टिप्न गएका अवस्थामा हावाहुरीले मसलाको रुखको हाँगा भाँचिएर लाग्दा घाइते भएका योजलको उपचारका लागि दमक अस्पताल दमकमा पु¥याउनासाथ मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० बैशाख २०७८, ०८ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जमेको खाल्डोमा डुबेर तीन वर्षीय बालकको मृत्यु
जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु