बागमती  प्रदेशका चार महिनादेखि ३ मन्त्रालय मन्त्रीविहीन

सफल खबर संवाददाता

शुक्रबार, १० बैशाख २०७८, ०८ : २७
बागमती  प्रदेशका चार महिनादेखि ३ मन्त्रालय मन्त्रीविहीन

काठमाडौं । बागमती  प्रदेशका  तीन  मन्त्रालयको जिम्मेवारी लामो समयदेखि मुख्यमन्त्रीले सम्हाल्दै आएका छन् ।  गत  पुसमा  तीन  मन्त्रीले  राजीनामा  दिएर  अविश्वास प्रस्तावमा हस्ताक्षर गरेपछि रिक्त रहेका मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री डोरमणि पौडेल आफँैले लिँदै आएका हुन् ।

तत्कालीन  नेपाल  कम्युनिस्ट  पार्टी  (नेकपा)  नेतृत्वको मन्त्रिपरिषद्को दोस्रो वरीयतामा रहेका आन्तरिक मामिला तथा  कानुनमन्त्री  शालिकराम  जम्कट्टेलसहित  तीन  जनाले  पुस १० गते सामूहिक राजीनामा दिएका थिए । यस्तै   उद्योग,   पर्यटन   वन   तथा   वातावरण   मन्त्री अरुणप्रसाद  नेपाल  र  सामाजिक  विकास  मन्त्री  युवराज दुलालसहित तीनै जनाले मन्त्रीबाट राजीनामा दिएका छन् । 

 प्रदेशका  जनताको  भावनाअनुरूप  योजनाबद्ध  रूपमा विकास  निर्माण,  जनसेवा  र  सुशासनमा  प्रदेश  सरकारले  काम गर्न नसकेका भन्दै टीकाटिप्पणी हुन थालेको छ। प्रदेशको   ऐन,   कानुन   निर्माणको   जिम्मेवारी   रहेको आन्तरिक  मामिला  तथा  कानुन  मन्त्रालय  मन्त्रीविहीन  हुँदा विधेयकको खाका निर्माणमा गतिरोध उत्पन्न भएको छ ।

यसैगरी  प्रदेशको  सबैभन्दा  बढी  बजेट  रहेको  उद्योग, पर्यटन  वन  तथा  वातावरण  मन्त्रालय  र  सामाजिक  विकास मन्त्रालय मन्त्रीविहीन हुँदा चालू आर्थिक वर्ष २०७७-७८ को áबजेट खर्च सन्तोषजनक देखिएको छैन। मन्त्रीको अभावमा नीतिनियम निर्माणसँगै बजेट र योजना कार्यान्वयनसमेत  प्रभावित  भएको  प्रदेशको  एक  मन्त्रालयका सचिवले बताएका छन् । गोरखापत्रमा खबर छ ।
 

प्रतिक्रिया दिनुहोस