कस्तो रहला आजको मौसम ?

सफल खबर संवाददाता

शुक्रबार, १० बैशाख २०७८, ०७ : ४४
कस्तो रहला आजको मौसम ?

काठमाडौं । हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  यस्तै देशको पहाडी भूभागहरूमा आशिक बदली रही बाँकी भूभागमा सामान्यतया सफा रहेको छ ।

महाशाखाको मौसम पूर्वानुमान बुलेटिनअनुसार शुक्रबार दिउँसो सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ । यस्तै अन्य पहाडी भूभागहरुमा आंशिक बदली रहनेछ । 

सुदुरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी भूभागहरुका थोरै स्थानहरुमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ । राती भने  देशको सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका भूभागहरुमा आँशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशका पहाडी भूभागहरुमा आँशिक बदली रही थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस