नेपाली काँग्रेस दोलखाका पूर्व सभापति न्यौपानेको दुर्घटनामा मृत्यु

सफल खबर संवाददाता

विहीबार, ०९ बैशाख २०७८, १८ : ५८
नेपाली काँग्रेस दोलखाका पूर्व सभापति न्यौपानेको दुर्घटनामा मृत्यु

काठमाडौं । नेपाली काँग्रेस दोलखाका पूर्व सभापति देवीप्रसाद न्यौपानेको दुर्घटनामा परेर मृत्यु भएको छ । दोलखाको तामाकोशी गाउँपालिकास्थित जफेमा रुख काट्दा ढलेको रुखले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका डिएसपी भेषराज रिजालले बताए । 

प्रहरी चौकी छौंडेबाट खटिएको टोली घटनास्थलमा पुगेको छ । शव पोष्टमार्टमका लागी चरिकोट ल्याइने डिएसपी रिजालले बताए ।

प्रतिक्रिया दिनुहोस