मुख्यमन्त्री शेरधन राईलाई ‘बलात्कारी’ भनेपछि...

सफल खबर संवाददाता

विहीबार, ०९ बैशाख २०७८, १५ : ०७
मुख्यमन्त्री शेरधन राईलाई ‘बलात्कारी’ भनेपछि...

काठमाडौं । प्रदेश नम्बर १ मुख्यमन्त्री शेरधन राईलाई ‘बलात्कारी’ भन्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ ।  

नेकपा एमाले मुख्यालय थापाथलीबाट प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रदेश नम्बर १ का मुख्यमन्त्री राई पनि थापाथलीस्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा सहभागी हुन आएका बेला ती महिलाले राईलाई ‘बलात्कारी’ भन्दै अस्लिल शव्दहरु प्रयोग गरेकी थिइन् । 

गालीजन्य शब्द प्रयोग गरेको भन्दै प्रहरीले ती महिलालाई पक्राउ गरेको हो । 

प्रतिक्रिया दिनुहोस