अनेरास्ववियु ईन्द्रेणी क्याम्पस कमिटी गठन

सफल खबर संवाददाता

विहीबार, ०९ बैशाख २०७८, ११ : ५७
अनेरास्ववियु ईन्द्रेणी क्याम्पस कमिटी गठन

चितवन । अनेरास्ववियु चितवनले आफ्नो संगठन विस्तार अभियान अन्तर्गत विहीबार भरतपुरमा अनेरास्ववियु ईन्द्रेणी क्याम्पस कमिटी गठन गरेको छ।

अनेरास्ववियुका जिल्ला अध्यक्ष साकार लामाको अध्यक्षतामा र अनेरास्ववियुका केन्द्रिय सदस्य सहनशील लामाको प्रमुख आतिथ्यमा भेला आयोजना गरिएको थियो।

अनेरास्ववियुका केन्द्रिय सदस्य विद्यार्थी नेता सन्देश वाग्लेको विशिष्ट आतिथि रहेको उक्त भेलाले पानस लामाको नेतृत्वमा १९ सदस्यीय अनेरास्ववियु क्यामपस कमिटी गठन गरेको छ।यसै गरी उपाध्यक्षहरु सुजन लौडारी,उत्पल कुंवर र सचिवमा अनुराग घिमिरे निर्विरोध चयन भएका थिए।

नवगठित क्यापस कमिटीका अध्यक्ष पानस लामाले क्याम्पसका विद्यार्थीको हकहितको काम गर्नेुको साथै आईटी कल्ब पनि गठन गरी विद्यार्थीहरुलाई प्रविधिसगं जोडने कार्यक्रम पनि गर्ने बताए।

प्रतिक्रिया दिनुहोस