आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

विहीबार, ०९ बैशाख २०७८, ०९ : १२
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहिबार प्रदेश २, बागमती प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली र अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थान तथा अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्टयाङ्ग तथा हावाहुरीसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै राति देशभर पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्टयाङ्ग तथा हावाहुरीसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ । 

बुधबार (हिजो) देशका अधिकांश क्षेत्रमा रातिदेखि नै मध्यमदेखि हल्का वर्षा भएको  जनाएको छ । मौसमविदका अनुसार पश्चिमी र स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रमा मध्यम तथा तराईमा हल्का वर्षा भएको हो । बिहीबार बिहान पनि वर्षा भइरहेको छ । तर बिस्तारै पानी पर्ने क्रम रोकिने मौसमविद पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस