बालुवाटार पुगे योगेश भट्टराई, पार्टी एकताबद्ध बनाउन ओलीलाई आग्रह

सफल खबर संवाददाता

बुधबार, ०८ बैशाख २०७८, १६ : १०
बालुवाटार पुगे योगेश भट्टराई, पार्टी एकताबद्ध बनाउन ओलीलाई आग्रह

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी एकताबद्ध बनाउन आग्रह गरेका छन् । बुधबार बालुवाटार पुगेका नेता भट्टराईले पार्टी एकताबद्ध बनाउने भए ओली लचिलो बन्नुपर्ने बताएका थिए ।

“पार्टी एकताबद्ध बनाइएर लैजाने भए तपाईं लचिलो बन्नुपर्छ,” उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।ओलीले मंगलबार स्पष्टीकरण सोधेका सांसदलाई आज बालुवाटार बोलाएका थिए । सोहीअनुसार भट्टराई बालुवाटार पुगेको स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस