माओवादीले दियो समर्थन फिर्ताको निर्णय गर्ने जिम्मा प्रचण्डलाई

सफल खबर संवाददाता

बुधबार, ०८ बैशाख २०७८, १५ : ४०
माओवादीले दियो समर्थन फिर्ताको निर्णय गर्ने जिम्मा प्रचण्डलाई

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ताका विषयमा निर्णय गर्ने अधिकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।

Yeti Diistillery Tansen Cement box

बुधबार बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ताबारे निर्णय गर्ने अधिकार प्रचण्डलाई दिने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकपछि पत्रकारसँग उनले भने, ‘वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थनका बारेमा निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिइएको छ ।’

प्रतिक्रिया दिनुहोस