अभिनेत्री करिश्मा मानन्धर आइसोलेसनमा

सफल खबर संवाददाता

बुधबार, ०८ बैशाख २०७८, १३ : ४८
अभिनेत्री करिश्मा मानन्धर आइसोलेसनमा

काठमाडौं । पछिल्लो समय सेलेव्रिटीहरु पनि कोभिड १९ बाट संक्रमित हुन थालेका छन् । कलाकार संक्रमित हुन थालेपछि फिल्म र टिभी छायांकन प्रभावित हुन थालेका छन् ।

यसैसाता अभिनेता मदनकृष्ण श्रेष्ठ र अभिनेत्री केकी अधिकारी संक्रमित भए ।यी दुई कलाकारलाई भेटेका अन्य सेलेव्रिटीले पनि आफूलाई आइसोलेट गर्न थालेका छन् ।

अभिनेत्री करिश्मा मानन्धरले बुधबार आफूलाई आइसोलेट गरेको जनाएकी छिन् ।मदनकृष्ण र केकीलाई भाइरस संक्रमण भएपछि आफूलाई एकान्तवासमा राखेको उनले जनाएकी छिन् ।

करिश्माले मदनकृष्ण र केकीलाई स्वास्थ्य लाभको कामना समेत गरेकी छिन् । दिनमा दुईपटक तातोबाफ लिन सुझाउँदै करिश्माले भाइरसबाट बच्न सुरक्षा विधि अपनाउन पनि भनेकी छिन् ।

प्रतिक्रिया दिनुहोस