सर्वोच्च अदालतका न्यायाधीश चुुँडाल र सुवेदीबाट शपथ

सफल खबर संवाददाता

बुधबार, ०८ बैशाख २०७८, १३ : ०९
सर्वोच्च अदालतका न्यायाधीश चुुँडाल र सुवेदीबाट शपथ

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश डा कुमार चुँडाल र नहकुल सुवेदीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले उनीहरु दुवैलाई शपथ गराएका हुन्। 

Yeti Diistillery Tansen Cement box

शपथ ग्रहण समारोहमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, न्याय परिषद्का सदस्य र  सर्वोच्च अदालतका न्यायाधीश सहभागी भएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरु दुवैलाई सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि यही सोमबार नियुक्त गरेका थिए । 
 

प्रतिक्रिया दिनुहोस