त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले गर्यो १२२ जनालाई विदेश उड्नबाट रोक

सफल खबर संवाददाता

बुधबार, ०८ बैशाख २०७८, १२ : ५७
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले गर्यो १२२ जनालाई विदेश उड्नबाट रोक

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विदेश उड्न लागेका १२२ जनालाई अध्यागमनले रोकेको छ । कोरोनाको पीसीआर रिपोर्ट नक्कली भएको हुनसक्ने आशंकामा अध्यागमनले १२२ जनालाई विदेश उड्नबाट रोक लगाएको हो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख एसएसपी राजेश नाथ बास्तोलाले राजधानीको सिनामंगलस्थित सुर्या हेल्थ केयरले जारी गरेको पीसीआर रिपोर्ट देखाएर विभिन्न देश जान लागेकाहरूलाई उडानमा रोक लगाइएको जानकारी दिए । मंगलबार मात्रै सुर्या हेल्थ केयरमा प्रहरीले छापा मारेको थियो भने नक्कली पीसीआर रिपोर्ट जारी गरेको आरोपमा ८ जनालाई पक्राउ गरेको थियो । 

सो हेल्थ केयरले कोरोनाको जाँचै नगरी कोरोना नेगेटिभको नक्कली पीसीआर रिपोर्ट बनाउने गरेको आरोप लागेको छ । विदेश जानेहरूले पनि त्यसैगरी नक्कली रिपोर्ट बनाएको हुनसक्ने भन्दै उनीहरुको उडानमा रोक लगाइएको हो । उनीहरु विभिन्न एयरलाइन्सको उडानमार्फत विदेश जाने योजनामा थिए । 

प्रतिक्रिया दिनुहोस