नेपालगञ्जमा उपचारको क्रममा दुईजना कोरोना संक्रमितको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, ०७ बैशाख २०७८, ०९ : ०७
नेपालगञ्जमा उपचारको क्रममा दुईजना कोरोना संक्रमितको मृत्यु

नेपालगञ्ज । बाँकेमा दुईजना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ। नेपालगञ्जको मेडिकल कलेज, कोहलपुरमा दुवैजनाको मृत्यु भएको हो ।

कोहलपुर नगरपालिका वडा नम्बर २ का ७७ वर्षीय बृद्धको  मेडिकल कलेजमा उपचारको क्रममा भएको हो । उनको सोमबार मात्रै स्वाब लिइयो । स्वाब दिएपछि उनी घरमा गए । रिपोर्ट पोजिटिभ आएपछि उनलाई अस्पतालमा बोलाइयो । अस्पताल ल्याउदै गर्दा राती ९ बजे उनको मृत्यु भएको थियो । बृद्ध टीबी र दमका बिरामी थिए।

त्यस्तै कोहलपुर नगरपालिका वडा नम्बर २ कै ३५ वर्षीया महिलाको पनि कोहलपुर मेडिकल कलेजमै मृत्यु भएको छ। स्वास्थ्यमा समस्या आएपछि सोमबार अस्पतालमा पीसीआर जाँच गरिएको थियो ।

रिपोर्ट नआउँदै उनको दिउँसो ३ बजे मृत्यु भयो । भने साँझ रिपोर्ट आउँदा पोजिटिभ आयो ।बाँकेमा योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६३ जना पुगेको छ । यसैबीच, सोमबार ३ सय २२ जनालाई कोरोना पुष्टि भएको छ । 

प्रतिक्रिया दिनुहोस