बालबालिकामा नयाँ भेरिएन्ट देखिएपछि विद्यालय बन्द : शिक्षामन्त्री श्रेष्ठ

सफल खबर संवाददाता

सोमबार, ०६ बैशाख २०७८, १५ : ३२
बालबालिकामा नयाँ भेरिएन्ट देखिएपछि विद्यालय बन्द : शिक्षामन्त्री श्रेष्ठ

ललितपुर ।  शिक्षा मन्त्रालयले २५ वर्ष मुनिका उमेर समुहमा कोरोना भाइरस (नयाँ भेरिएन्ट) संक्रमणको प्रभाव देखिन थालेपछि विद्यालय बन्द गर्नुपरेको जनाएको छ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले सोमबार ललितपुरमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ २५ वर्ष भन्दा मुनिका उमेर समूहमा कोरोना भाइरस संक्रमणको दर बढेकाले पठनपाठनलाई बैशाख मसान्तसम्मका लागि विद्यालय बन्द गरिएको बताए ।

उनले वैशाख मसान्तसम्म स्कुलको पठनपाठनलाई स्थगित गर्ने, भौतिक रुपमा विद्यालयमा विद्यार्थी भाईबहिनीहरुलाई उपस्थित हुन अनिवार्य नगर्ने र भर्चुअल माध्यम र इलेक्ट्रोनिक माध्यमबाट पठनपाठनलाई निरन्तरता गर्ने  निर्णय भएको जानकारी दिए ।

मन्त्री श्रेष्ठले कोरोना भाइरसको संक्रमण दर उच्च रहेको जिल्लामा स्थानीय तहको सिफारिसको आधारमा विद्यार्थीहरुलाई विद्यालयमा भौतिक रुपमा आउन अनिवार्य नगरेपनि वैकल्पिक माध्यमबाट पठनपाठन गरिने बताए । तर कुनैपनि तहको परिक्षा नरोकिने व्यवस्था मिलाएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस