सौन्दर्य पेशाको भविष्य सुनिश्चित छ : बरिष्ट सौन्दर्यबिद सोनी कारंजित

सफल खबर संवाददाता

सोमबार, ०६ बैशाख २०७८, १२ : ००
सौन्दर्य पेशाको भविष्य सुनिश्चित छ : बरिष्ट सौन्दर्यबिद सोनी कारंजित

काठमाडौं । केही समयअघिसम्म नेपालमा सौन्दर्य व्यवसायलाई खासै राम्रो दृष्टिकोणले हेरिँदैनथ्यो । तर, समय परिस्थितिसँगै व्यक्ति र समाजको सोचमा पनि आमूल परिवर्तन आएको छ । अझ पछिल्ला दिनमा त मानव जीवनको लागि सौन्दर्य सिँगार अपरिहार्य जस्तै बनेको छ । यसैबिचमा सौन्दर्य पेशालाई मर्यादित तथा उधोगको रुपमा स्थापित गर्न लागिपरेकी बरिष्ट सौन्दर्यबिद सोनी कारंजित संक्षिप्त कुराकानी गरेका छौं ।

बिगत २ दशक भन्दा बढी समय सौन्दर्य क्षेत्रमा बिताई सकेकी सोनी कारंजित सौन्दर्य क्षेत्रमा बिज्ञको रुपमा चर्चित छिन । उनले २० बर्ष अघि बाट रोज शिप बिकाश तालिम केन्द्र रवीभवन काठमाडौंको स्थापना गरि ब्यबसायिक रुपमा पार्लर ब्यबसाय सुरु गरेकी थिइन्, अहिले यो पार्लर देशभर स्थापित र परिचित नाम बनिसकेको छ । १० हजार भन्दा बेसी महिला तथा पुरुषहरुलाइ विभिन्न शिप सिकाएर स्वरोजगार तथा आत्मनिर्भर बनाइसकेकी उनले सुरुवाती समयमा निकै कठिन परिस्थितिमा आफूले काम गर्न परेको अनुभब सुनाउछिन।  सामाजिक कार्यमा समेत उत्तिकै सक्रिय छिन। उधोग ब्यबसाय, महिला सशक्तीकरण,सामाजिक कार्य र नारि हकहितमा दरिलो खम्बा बनेकी बरिष्ट सौन्दर्यबिद सोनी कारंजित संग गरिएको संक्षिप्त कुराकानी ः

 नमस्कार ! आजभोलि के गर्दै हुनु हुन्छ ?

 नमस्कार आजभोलि ब्युटी ट्रेनीङ सेन्टरमा नै ब्यस्त छु। सय जना भन्दा धेरै बिद्यार्थीहरु ब्युटिसियन कोर्स, सिलाइ बुनाइ तथा हस्तकलाको प्रशिक्षण लिइरहेका छन्।  त्यसैगरी विभिन्न सेमिनार, प्रशिक्षण, विभिन्न कार्यक्रमहरुमा निर्णायकको भूमिकामा दिनचर्या बितिरहेको छ।

तपाईको विचारमा सुन्दरता के हो ?
सुन्दरतालाई समय, ठाउँ र सन्दर्भअनुसार फरकफरक रूपले अर्थाइन्छ। कसैका लागि सुन्दरता सुन्दर अनुहार होला, सुन्दर अनुहार पनि कालो, गोरो, गहुँगोरो विभिन्न पर्न सक्छन्। कसैलाई सुन्दरता मन होला, कसैलाई सुन्दरता व्यक्तित्व लाग्न सक्छ अनि कसैलाई आकर्षण र आत्मविश्वास पनि मानिसको सुन्दरता लाग्न सक्छ। मेरो विचारमा सुन्दरता भनेको भावनात्मक कुरा हो, जसलाई एउटै विशेषण र परिभाषाभित्र सीमित राख्न सकिँदैन। यसका विविध आयाम हुन्छन्। यसलाई विविध आयमबाट व्याख्या एवं विश्लेष्ण गर्नुपर्छ। जस्तो भूगोल, वर्ण, जातजाति, लिंग, वर्ग, सुमदाय संस्कृतिअनुसार सुन्दरताको परिभाषा फरकफरक हुन्छ। प्रकृतीले नै हरेक मानिसलाई जन्मजात केही न केही सुन्दरता दिएको छ । हामि सौन्दर्यकर्मीको त्यसैलाई अलिकति निखार ल्याइदिने हो। उनीहरुको रुप–रंग र जीऊडाल अनुसार मेकअप द्वारा सजाइदिने हो भने बाहिरी आवरणलाइ सुन्दर बनाइदिने हाम्रो काम हो। यो त भयो बाहिरी सुन्दरताको कुरा तर मेरो बिचारमा एउटा सुन्दर व्यक्ति बन्नका लागि दृश्य र अदृश्य अर्थात बाहिरी आवरण र भित्रि मन दुवै आकर्षक हुनुपर्छ ।

सौन्दर्य कला ब्यबसायमा पहिले र अहिलेको अबस्था कस्तो छ ?
सुरु सुरुमा सौन्दर्यकर्मीलाइ आम मानिसले राम्रो नजरले हेर्दैन थिए, विभिन्न आक्षेपहरु लगाउने गर्थे तर बिस्तारै समय परिबर्तन हुँदै गयो, मानिसहरुको सोच परिबर्तन हुँदै गयो, अत्याधिक मान्छेहरु पार्लर धाउन थाले, आफ्नो सौन्दर्य प्रति सचेत हुन थाले। अहिले सौन्दर्य कला ब्यबसाय महिला दिदिबहिनीहरुको लागि एउटा मर्यादित पेशा बनेको छ।  स्वरोजगार तथा आत्मानिर्भर हुने एउटा दरिलो पाटो भएको छ। त्यसैले अहिले सौन्दर्य कला व्यावसायमा आकर्षण बढेको छ भने अनुहार र शरीरमा देखिएको उसको सौन्दर्यले अन्यलाई आकर्षण वा विकर्षण के गर्छ भन्नेमा भर पर्छ। यसर्थ मानव जीवनमा र उसको व्यक्तित्वमा सौन्दर्यले ठूलो भूमिका खेलेको पनि हुन्छ । त्यसैले पनि होला अहिलेको अबस्थामा सौन्दर्यकर्मीको माग र इज्जत पनि उत्तिकै बढ्दो छ ।

तपाईंले किन यही क्षेत्र रोज्नुभयो ?
म आत्मानिर्भर र स्वाभिमानी महिला बन्न चाहन्थे, पहिलो त यो मेरो सानैदेखिको रुचिको विधा–क्षेत्र हो, दोस्रो, सौन्दर्य कलामा नै मैले आफ्नो भविष्य सुनौलो देखें । अहिले अन्यको तुलनामा सौन्दर्य कलाको क्षेत्रमा नै नाम र दाम छ पनि छ । फेरि सानैदेखि आफ्ना साथीहरु भन्दा मेरो सोच र सोख पृथक थियो। लवाइखवाइ र सौन्दर्यमा विशेष ध्यान दिन्थें । घर बस्दा होस् या स्कुल जाँदा वा बाहिरफेर कतै निस्कँदा नै किन नहोस्– आफू अरुको तुलनामा फरक देखिन चाहन्थेँ । त्यसैले शरीर सुहाउँदो कपडा लगाउनेमात्रै होइन– त्यहीअनुसार मिल्दो श्रृंगार पनि गर्दथेँ । त्यतिबेलै मैले भविष्यको गन्तव्य पहिल्याउन थाले। अन्ततः मेरो सपना साकार पनि भयो र म ब्युटिसियन बने ।

सौन्दर्य पेशाको भविष्य होला ?
सौन्दर्य पेशाको भविश्य सुनौलो छ । किनभने यो सवै आवश्यकता र समयको माग हो । विवाहदेखि, पार्टी, फोटोसुट, म्युजिक भिडियो, टेलिफिल्म, फिल्म, फेशन सो आदि सबैमा सौन्दर्य कला र कलाकर्मीको आवश्यकता पर्छ । त्यसैले अहिले प्रशिक्षण लिन आउनेको संख्या पनि बढेको छ । फेरि मेकअप आज चाहिने, भोलि नचाहिने भन्ने हुँदैन । मेकअप आर्टिस्टले बेरोजगार बस्नुपर्दैैन । त्यसैले आजभोलि मेकअप आर्टिस्टको माग क्रमशः बढ्दो छ । पहिलेजस्तो होइन, अहिले नेपालीको सोचमा पनि आमूल परिवर्तन आएको छ । केही समयअघिसम्म नेपालमा सौन्दर्य व्यवसायलाई खासै राम्रो दृष्टिकोणले हेरिँदैनथ्यो । तर, समय परिस्थितिसँगै व्यक्ति र समाजको सोचमा पनि आमूल परिवर्तन आएको छ । अझ पछिल्ला दिनमा त मानव जीवनको लागि सौन्दर्य सिँगार अपरिहार्य जस्तै बनेको छ । त्यसैले सौन्दर्य पेश व्यावसायिक रूपमा नै द्रुत गतिमा फस्टाउन थालेको छ । ब्यबसायिक सौन्दर्यकर्मीको आम्दानि समेत मनग्य हुन्छ। यो पेशा घरमानै बसेर पनि गर्न सकिने भएकोले हजारौ महिला दिदि बहिनीहरुको रोजाइको पेशा भएको परिपेक्षमा सौन्दर्य पेशाको भविष्य सुनिश्चित छ।  यो व्यवसायमा आबद्ध भएपछि, लगनशील, आत्मनिर्भर, स्वावलम्बी र साहसी मात्रै बनेका छैनन्– समाजसेवातर्फ पनि पाइला अघि बढाइरहेका छन् ।

 सौन्दर्य कला क्षेत्र अंगालेर तपाइँ सन्तुष्ट हुनुहुन्छ ?
मैले आज सम्म १० हजार भन्दा धेरै सौन्दर्यकर्मी उत्पादन गरिसकेकि छु।  धेरैलाई स्वरोजगार र आत्मानिर्भर बनाएकी छु। यदि म आत्मा सन्तुष्ट थिएन भने बिगत २ दशक देखि यहि पेशामा आबद्ध हुने थिइन् होला।  मलाई हजारौ महिला दिदीबहिनीको आशिर्बाद छ, सबै बिद्यार्थीहरु मेरो लागि समान छन्। उनीहरुको हरेक सुख दुखमा साथ दिने गरेकी छु।  देश भरि बाटनै रोज शिप बिकाश तालिम केन्द्र रविभवनमा सौन्दर्य कला सिक्ने आउने मानिसहरुको भिड छ।  मैले आज सम्म कमाएको मेरो धन सम्पति ख्याति जे भनेनि मेरो स्टुडेण्टहरु नै हुन्। सौन्दर्य कला क्षेत्रमा लागेर मैले देश विदेश घुम्ने, नयाँ नयाँ प्रबिधि हेर्ने र टेक्नोलोजीहरु सिक्ने मौका पाए। यहि पेशामा लागेर सामाजिक कार्यमा सक्रिय भएको छु, नारि ससक्तिकरणको बिषयमा, महिला स्वरोजगार, आत्मानिर्भरताको बिषयमा आवाज उठाउन सक्ने भएको छु। यस अर्थमा पनि सौन्दर्य(कला क्षेत्रमा लागेर सन्तुष्ट छु। 

नयाँ आउने सौन्दर्यकर्मीहरुलाइ के कस्तो सुझाब दिन चाहनुहुन्छ ?
नयाँ आउने नब सौन्दर्यकर्मीहरुलाइ के भन्न चाहन्छु भने, सौन्दर्यकला ब्यबसाय एक मर्यादित पेशा हो।  हामी महिला दिदीबहिनीहरु आत्मनिर्भर भएर स्वरोजगार बन्न सक्ने ब्यबसाय हो।  यो पेशामा आउनु भन्दा अगाडी राम्रो एकेडेमी, ट्रेनीङ सेन्टरमा गएर दक्ष प्रशिक्षक मार्फत तालिम लिनु होला। नयाँ(नयाँ प्रबिधिहरु नयाँ नयाँ टेक्निकहरुको बिकाश भईरहेको हुँदा आफुलाई संधै अपडेट राख्नु होला। सिटीइभिटि बाट हुने स्किल टेष्टमा भाग लिएर आफुलाई समेत दक्ष बनाउन हुन सुझाब दिन्छु। 

सामाजिक कार्यमा समेत तपाइँ सक्रिय हुनुहुन्छ, के कस्ता कामहरु गर्दै हुनुहुन्छ ?

मैले सयौं एकल महिला, पिडित, असाहय तथा निम्नाबर्गका महिला दिदीबहिनीहरुलाइ निशुल्क सौन्दर्यकला, हस्तकला तालिम प्रदान गर्दै आएको छु। धेरैलाइ रोजगारीको अवसर दिएको छु। म एकदम कोमल हृदयको महिला हुँ, अरुको दुख पिडा देख्न सक्दिन। हामि सामाजिक प्राणि भएर जन्मे पछि समाजको लागि समेत ठोस योगदान पुर्याउनु पर्छ जस्तो लाग्छ तसर्थ मैले विभिन्न माध्यम बाट आफुले सक्ने सहयोग गर्दै आएकी छु।  लकडाउनको समयमा खाना वितरण देखि राहत वितरण सम्मको कार्यहरु गरेको छु। मानिस आफैले चाहेर कोहि पनि अनाथ र गरिब हुने होइन त्यसैले आफुले आर्जन गरेको रकम बाट केहि प्रतिशत सामाजिक कार्यमा लगाउने गरेकी छु। अरुको लागि बाच्नुमा पनि आत्मासंतुष्टि मिल्छ।  धन्यबाद !

प्रतिक्रिया दिनुहोस