चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली नेतृत्वको सरकारमाथि पनि कर्णालीको जस्तै नियति दोहोरिन सक्ने चेतावनी दिएका छन् । चितवनको माडीमा वाइसिएलको नगर भेलालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘कर्णालीमा साथीहरुले देखाइदिएका छन्, केन्द्रमा पनि हामी देखाइदिन्छौँ ।’
निरंकुश सरकारलाई ठेगान लगाउने अन्तिम तयारीमा आफू रहेको उनको भनाइ थियो । आइतबार साँझ हुने राजनीतिक दलको बैठकले नयाँ सरकार निर्माणका लागि महत्वपूर्ण निर्णय गर्ने दाबी उनले गरेका थिए ।
प्रचण्डले भने, ‘तपाईहरुले छिट्टै खुसीको खबर सुन्नुहुनेछ। केही दिनमै केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्पमा हामी नयाँ सरकार बनाउनेछौं ।’ प्रचण्डले भने, ‘मलाई लाग्छ, केन्द्रमा नै केहीदिनमा एउटा नयाँ कायापलट हुनैपर्छ, हुँदैछ ।
अध्यक्ष प्रचण्डले एक चोटी फेरि जनताको घर दैलोमा पुगेर नयाँ शक्तिसहित दलालहरु माथि धावा बोल्ने दावी गरे । उनले भने,‘ अबको क्रान्ति हतियार उठाएर नभई मुठी उठाएर गरिनेछ, म जता पुग्दा पनि जनताको ठूलो उपस्थितिले हौसाएको छ।’
माडीलाई मणि बनाउने आफ्नो संकल्प पनि नयाँ सरकारले पूरा गर्ने दाबी उनले गरे। उनले गणतन्त्र धरापमा परेको भन्दै परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने प्रमुख पात्र प्रचण्डलाई सिध्याउन खोजिएको दावीसमेत गरे । ‘सबै ल्याएको प्रचण्डले हो यसलाई सिध्यायो भने सबै सकिन्छ भनेर केपी ओलीले भनिराखेका छन्’, प्रचण्डले भने ।
प्रचण्डले आइतबार नै माडीको अयोध्यापुरीमा बन्दै गरेको राम, सीताको मन्दिर अवलोकन गरेका छन् । माडीको अयोध्यामा भएको कार्यक्रममा अध्यक्ष प्रचण्डले आफ्नो निर्वाचन क्षेत्रमा रामको जन्मभूमि प्रमाणित भए सबैभन्दा खुसी आफैँ हुने बताए । उनले तथ्य र अनुसन्धानले प्रमाणित गरे अयोध्याधाम निर्माणका लागि मुठी फुकाएर सहयोग गर्ने बताएका थिए।
अध्यक्ष प्रचण्डले आइतबार माडीकै दिवाकर स्मृति प्राविधिक शिक्षालयको उद्घाटन गर्दै समग्र माडीमा शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रको विकासमा आफू लागिरहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ बैशाख २०७८, १७ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रीले घुस डिल गरेको अडियो बाहिरिँदा प्रधानमन्त्रीले एक्सन नलिनु लाजमर्दो : प्रचण्ड
कांग्रेस पनि ओलीको स्वर्ग र नर्कको चक्करमा पर्यो : प्रचण्ड
सरकार नियामक संस्थामाथि समेत बिचौलियाको इशारामा काम गरिरहेको ‘प्रचण्ड’को आरोप
अप्राकृतिक गठबन्धनको चरित्र लोक लजाउने गरी उजागर भयो : प्रचण्ड
विगतका घटनाबाट पाठ सिकेर विपद् प्रतिकार्यमा जुट्न सरकारलाई प्रचण्डको आग्रह
देश बहुआयामिक संकटको अवस्थाबाट गुज्रिरहेको छ: प्रचण्ड