चितवन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ युगको सुरुवात हुने बताएका छन् । माडीमा कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले केही दिनमै नयाँ सरकार गठन हुने दावी गरेका हुन्।
प्रचण्डले भने, ‘केन्द्रमा नयाँ कायापलट हुँदैछ । अब धेरै दिन सरकार टिक्ने छैन । कर्णालीमा देखिहाल्नुभो । केही दिनभित्रै नयाँ समाचार सुन्नुहुनेछ ।’हिजो असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध उभिएका सबै राजनीतिक दलहरू मिलेर जनपक्षीय सरकारमा जान जरुरी रहेको उनले औंल्याए ।
गणतन्त्रमाथि हमला गर्ने दुस्साहस भइरहेको भन्दै दाहालले भने, ‘७० वर्ष लामो आन्दोलनका उपलब्धिमाथि प्रतिक्रियावादी शक्तिहरू इतिहासको चक्कालाई पछाडि धकेल्न खोज्दैछन् ।’अध्यक्ष प्रचण्डले सरकारलाई ठेगान लगाउने अन्तिम कसरतमा आफूहरू रहेको समेत बताएका छन् । उनले त्यसका लागि आजै बेलुका राजनीतिक दलहरूसँग महत्वपूर्ण वार्ता हुने जनाए ।उनले भने, ‘अहिले बोल्दै गर्दा र घडी हेर्दै गर्दा (घडी हेरेर) म काठमाडौं पुगेर पार्टीहरूको बैठक बस्दैछ । निरंकुश, स्वेच्छाचारी, असंवैधानिक र अलोकतान्त्रिक सरकारलाई ठेगान लगाउने अन्तिम तयारीमा छौं ।’
उनले गणतन्त्र धरापमा परेको भन्दै परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने प्रमुख पात्र प्रचण्डलाई सिध्याउन खोजिएको दावीसमेत गरे । सबै ल्याएको प्रचण्डले हो यसलाई सिध्यायो भने सबै सकिन्छ भनेर केपी ओलीले भनिराखेका छन्’, प्रचण्डले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ बैशाख २०७८, १५ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्डको सिस्नेमा मर्निङ वाक : सहिदका प्रतिमामा माल्यार्पण र स्थानीयको घरमा खाजा
प्रचण्ड : ‘टुरिष्ट’ होइन, ‘कर्मभूमि’ का उम्मेदवार
चुनबाङ पुगेर प्रचण्डले भने- यही बसेर ढाडमा टेकेर टाउकोमा हान्ने नीति बनाइन्थ्यो
जनयुद्ध दिवसमा प्रचण्डको अपिल: 'राष्ट्रिय संकट समाधान गर्न सबै शक्ति एक बनौँ'
नेपाललाई युक्रेन बनाउने मिसनबाट जोगायौँ : प्रचण्ड
‘फेरि काँग्रेस-एमालेसँग मिल्ने गल्ती दोहोर्याउँदिनँ’: प्रचण्ड