१५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

सफल खबर संवाददाता

आइतबार, ०५ बैशाख २०७८, ११ : ३९
१५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

सप्तरी । बालिका बलात्कार गरेको आरोपमा प्रहरीले सप्तरीको कञ्चनरुप नगरपालिका–७ बलुवा घर भएका सुनिल कुमार यादवलाई पक्राउ गरेको छ । १९ वर्षीय सुनिलले १५ वर्षीया बालिकालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

बालिका बलात्कार गरेर भागेका उनलाई ईलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस