काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले आउँदो चुनावसम्म पार्टीको नाम र चुनाव चिन्ह फरक हुन सक्ने भन्दै तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन् ।
आगामी निर्वाचनभन्दा अघि पार्टी अलग हुन सक्ने उनले संकेत गरे । रावलले ४ सांसदले ह्वीप उल्लंघन गरेका होइनन्, पार्टी जोगाएका हुन् भने । उनले भने, ‘अवस्था सृजना भयो भने त्यो देशैभरी हुन सक्छ ।’ कर्णाली प्रदेशमा पनि केपी ओलीले नै अस्थिरता ल्याएको रावलको आरोप थियो । ‘केपी ओलीले पद जान्छ भन्दैमा जाँदैन । म ग्यारेन्टी गर्छु’ रावलले भने, ‘हामी पद जाने धाक धम्कीबाट डराउने वाला छैनौँ ।’
नेपाल उत्पीडित जातीय मुक्ति समाज सुदूरपश्चिम प्रदेशको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रावलले भने, ‘निर्वाचनमा जाने कामको लागि पार्टीको कुनै एउटा स्थिति आइपर्यो भने जुनसुकै कदम पनि चाल्नुपर्छ ।’
उनले पार्टीको नाम र चिन्ह फरक पर्न सक्ने भन्दै कार्यकर्ताहरूलाई तयार रहन निर्देशन दिए । २०३५ साल देखि ०४७ सालसम्म नेकपा माले रहेको भन्दै परिस्थिति अनुसार पार्टीको नाम र चुनाव चिन्ह परिवर्तन हुन सक्ने उनले बताए ।
रावलले फागुन २८ को निर्णय कुनै पनि अवस्थामा मान्य नहुने स्पष्ट पारे । उनले विधान संशोधनलाई पनि अवैध बताए । ‘हामीले पार्टी बनाउने, हामीलाई पार्टीबाट निष्कासन गर्ने र कहिल्यै एमाले नै नभएको लेखराज भट्टलाई इन्चार्ज बनाउने ओलीको निर्णय सच्चाउनु पर्छ’ उनले भने, ‘हामी त्यो निर्णय मान्दैनौँ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ बैशाख २०७८, १८ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीम रावल आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने
भीम रावलले भोलि नेपाली कम्युनिष्ट पार्टीसँग एकता गर्दै
भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान नेकपामा समाहित हुँदै
‘कुलिङ अफ पिरियड’ छानबिन प्रतिवेदनलाई भीम रावलले भने: ‘ढाकछोप प्रतिवेदन’
नेपालको अदालतमा भारतीयले बहस गर्न पाउने प्रावधान रह्यो कि हट्यो ? : भीम रावल
भीम रावलको ओली प्रति कटाक्ष : सुतेको र बिरामी भई काम गरेको समय पनि घटाउने कि ?