प्रदेश सरकार संकटको बाटोबाट गुज्रिरहेको छ : मुख्यमन्त्री पौडेल

सफल खबर संवाददाता

शुक्रबार, ०३ बैशाख २०७८, १८ : २५
प्रदेश सरकार संकटको बाटोबाट गुज्रिरहेको छ : मुख्यमन्त्री पौडेल

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार संकटको बाटोबाट गुज्रिरहेको बताएका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा हेटौंडामा भएको भूमि समस्या सम्बन्धी समाधान आयोगका पदाधिकारी र सदस्य सचिवहरु बीच सुकुम्बासी समस्या, चुनौती र समाधानको बारेमा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले पछिल्लो समय प्रदेश सरकार विभिन्न समस्याहरूको सामना गर्दै संकटको बाटोबाट अगाडि बढिरहेकाले अपेक्षा अनुसारको काम गर्न नसकिएको गुनासो गरे ।

‘हामी सबैलाई थाहा छ, प्रदेश सरकार कुन संकटबाट अगाडि बढिरहेको छ ।प्रदेश सरकार विभिन्न समस्याहरु समाधान गर्दै हाल सम्म जोगिएर यहाँसम्म आइपुगेको छ, यो कुरा कसैबाट लुक्न सकेको छैन्’ उनले भने । 

उनले आगामी आर्थिक वर्षको सुरुवातबाट प्रदेश सरकारको संकट हट्ने भन्दै यसबीचको अवधिलाई जनताले कष्ट सहनुपर्ने धारणा व्यक्त गरे । उनले जनताको समस्या समाधानका लागि नै भूमि सम्बन्धी समाधान आयोगको गठन भएको भन्दै यस कार्यमा प्रदेश सरकारले आवश्यक सहयोगको भूमिका खेल्ने बताए ।

प्रतिक्रिया दिनुहोस