कर्णालीका मुख्यमन्त्री शाहीलाई कांग्रेसको समर्थन, भने - पार्टीका तर्फबाट ६ जनाले ६ मत नै टक्रक्कै प्रस्तावको पक्षमा हाल्छौं

सफल खबर संवाददाता

शुक्रबार, ०३ बैशाख २०७८, १६ : ४५
कर्णालीका मुख्यमन्त्री शाहीलाई कांग्रेसको समर्थन, भने - पार्टीका तर्फबाट ६ जनाले ६ मत नै टक्रक्कै प्रस्तावको पक्षमा हाल्छौं

काठमाडौं । कर्णाली प्रदेश सभामा कां‌ग्रेसले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पेश गरेको विश्वासको मत लिने प्रस्तावको पक्षमा मतदान गर्ने भएको छ ।

प्रस्तावमाथिको छलफलमा भाग लिने क्रममा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले राष्ट्रिय राजनीतिको अवस्था समेतलाई ख्याल गर्दै प्रस्तावको पक्षमा मत हाल्ने जानकारी गराएका हुन् ।

तटस्थ बस्ने विचार थियो, केहीबेर अघिसम्म । राष्ट्रिय राजनीतिको पनि कुरा छ, तटस्थ बस्नु उपयुक्त भएन । कि त विपक्षमा, कि पक्षमा बस्नैपर्ने भयो, शाहीले भने, हाम्रो संस्कारमा तीन दान– मतदान, कन्यादान र रक्तदानमा पैसा खान मिल्दैन । जतापट्टि लागेपनि हामीलाई केही न केही त आरोप लाग्ला तर, मेरो पार्टीका तर्फबाट ६ जनाले ६ मत नै टक्रक्कै प्रस्तावको पक्षमा हाल्छौं, धन्यवाद 

आफूहरूले मत दिँदा पनि मुख्यमन्त्रीको पक्षमा बहुमत नपुग्ने जान्दाजान्दै पनि विश्वासको मत दिने निर्णय भएको शाहीले बताए ।
सत्ताको लोभमा लागेको भए बलियोलाई मत हाल्ने थियौं भन्दै उनले जो कमजोर छ, उसैको पक्षमा मत हाल्ने निर्णय भएको बताए ।

प्रतिक्रिया दिनुहोस