कर्णालीका मुख्यमन्त्री शाहीले मागे विश्वासको मत

सफल खबर संवाददाता

शुक्रबार, ०३ बैशाख २०७८, १६ : ३२
कर्णालीका मुख्यमन्त्री शाहीले मागे विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मद मागेका छन् । उनले प्रदेशसभा बैठकमा सरकारलाई विश्वासको मत दिन प्रदेशसभा सदस्यहरुसमक्ष आग्रह गरेका छन् ।

प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले ५ वर्षका लागि सरकार बने पनि बदलिएको परिस्थितिले गर्दा अहिले विश्वासको मत लिनुपर्ने स्थानमा आफू उभिएको बताए । उनले राजनीतिक संस्कार बसाल्न, एकताको सन्देश सिङ्गो देशलाई प्रवाह गर्नका लागि पनि सरकारलाई विश्वासको मत दिन सांसदहरुलाई आग्रह गरेका हुन् । 

कर्णालीको प्रतिपक्ष भनेको भोक, रोग अशिक्षा हो भनेर तीन वर्ष अघि सबै दलले सरकारप्रति जनाएको समर्थनलाई कायम राख्न उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस