भेरी अस्पतालमा १८३ जनाको परीक्षण गर्दा १२७ कोरोना संक्रमित

सफल खबर संवाददाता

शुक्रबार, ०३ बैशाख २०७८, १६ : १७
भेरी अस्पतालमा १८३ जनाको परीक्षण गर्दा १२७ कोरोना संक्रमित

काठमाडौँ । नेपालगन्जस्थित भेरी अस्पताल गत २४ घण्टामा १८३ वटा नमुनाको कोरोना परीक्षण गर्दा १२७ जना संक्रमित रहेको पाइएको जानकारी गराएको छ । अस्पतालले आफ्नो फेसबुक पेजमा सूचना प्रकाशित गर्दै पोजिटिभिटी रेट ६९.४ प्रतिशत रहेको बताएको छ ।

कोरोनाको महामारी सुरु भएयता अस्पतालमा एकदिनमै यति धेरै संक्रमित भेटिएको पहिलोपटक भएको समेत बताएको छ ।यसले कोभिड १९ संक्रमण समुदायस्तरमा व्यापक रुपमा फैलिसकेको इंगित गर्छ, अस्पतालले भनेको छ,भेरी अस्पताल आफ्नो श्रोत साधनले भ्याएसम्म बिरामीको उपचारमा प्रतिबद्ध भएर लागेको छ । तर यही क्रममा संक्रमण फैलिने हो र गहन खालका बिरामीहरूको संख्या बढ्ने हो भने बिरामीको चाप थेग्न मुश्किल हुने निश्चित छ ।


 

प्रतिक्रिया दिनुहोस