काठमाडौैं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा एमालेका सांसदहरुले पार्टी विभाजन भए आगामी चुनावमा देशभर शून्य सिट आउने चेतावनी दिएका छन् ।
अध्यक्ष ओलीले कर्णाली प्रदेशअन्तर्गतका दैलेख, सुर्खेतका एमालको सांसदहरूलाई भेट्न बोलाउँदा उनीहरुले यस्तो चेतावनी दिएका हुन् । उनीहरुले एमालेका अध्यक्षसमेत रहेका माधवकुमार नेपाललाई ‘एक्ल्याउने’ रणनीति नलिनसमेत सुझाव दिएका छन् । वरिष्ठ नेता झलनाथ खनाल र नेपाल समूह समानान्तर गतिविधिमा लागेका बेला पार्टी अध्यक्ष ओलीले सांसद र केन्द्रीय सदस्यलाई छुट्टाछुट्टै भेट्न थालेका छन् ।
भेटका क्रममा दलका नेतासमेत रहेका ओलीले निर्वाचन क्षेत्रमा भएका विकास–निर्माण र आयोजनाको अवस्थासमेत बुझेका थिए । प्रधानमन्त्रीलाई भेट्न दैलेखका सांसद् पार्वतीकुमारी विसुन्खे र सुर्खेत–१ का सांसद ध्रुवकुमार शाही पनि पुगेका थिए । सामूहिक भेटमा उनीहरुले पार्टीको खस्कँदो अवस्था नै बताए ।
पार्टीभित्रको विग्रह फराकिलो बन्दै जाँदा त्यसको असर वडा तहसम्म परिसकेको कुरा आफूले राखेको बूढाले बताए । चैत ४ र ५ गते खनाल–नेपाल समूहले गरेको भेलामा देशभरिबाट नेता–कार्यकर्ता धुइरिएर आएको देखाउँदै आफूले नेताहरू मिल्नुको विकल्प नरहेको बताएको उनको भनाइ छ ।
‘नवौँ महाधिवेशनमा प्यानल बनाएर चुनाव लड्दा पार्टी तलैसम्म चिरा परेको छ’ सांसद राजबहादुर बूढाले भेटमा भनेको कुरा बताए, “अहिले विग्रह बढ्दै जाँदा आधारभूत तहसम्मै समानान्तर संरचना बन्न थालेका छन् । त्यसको असर अबको चुनावमा पर्छ, पार्टी विभाजन भएर चुनावमा गए एमालेको एक सिट पनि आउँदैन ।
प्रधानमन्त्री ओलीलाई सांसदहरुले माओवादी केन्द्र र एमाले मिल्दा पनि ३८ भन्दा बढी निर्वाचन क्षेत्रमा नेपाली कांग्रेससँग एक हजारको मात्रै मतान्तर रहेको बताए । ‘एमालेको वडा–वडामा दुईवटा समूह तयार भएको छ । एकले अर्कालाई असहयोग गर्ने, हराउने अवस्था आउँछ । त्यसो हुँदा कर्णालीमा एक सिट जित्ने अवस्था छैन । सुदूरपश्चिममा पनि त्यस्तै छ । प्रदेश–१ मा पनि त्यस्तै अवस्था छ’ सांसद बूढाले प्रधानमन्त्रीलाई भनेको कुरा बताए ।
उनले भने, ‘मैले यसो भनेपछि प्रधानमन्त्री गम्भीर बनेर सुनिरहनुभयो, चिन्तित पनि हुनुभयो र नआत्तिन हामीलाई सुझाव दिनुभयो ।’ उहाँले पार्टीलाई एकताबद्ध राख्न पहल भइरहेको पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ बैशाख २०७८, १५ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार जनताको साथमा छ: प्रधानमन्त्री ओली
मधेश प्रदेशमा तत्काल पाँच सय डीप बोरिङ जडान गर्ने प्रधानमन्त्री ओलीको घोषणा
संसदीय समितिको बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित
प्रधानमन्त्री ओली भदौ ३१ मा दिल्ली भ्रमणमा जाने
अत्यावश्यक बाहेक यात्रा नगर्नुहोस्, सुरक्षित स्थानमा रहनुहोस्: प्रधानमन्त्री ओली
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री ओली