महेन्द्रबहादुर शाहीविरुद्ध मतदान गर्न एमाले सांसदलाई ह्विप

सफल खबर संवाददाता

शुक्रबार, ०३ बैशाख २०७८, १३ : ३८
महेन्द्रबहादुर शाहीविरुद्ध मतदान गर्न एमाले सांसदलाई ह्विप

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद धरापमा परेको छ ।

उनीविरुद्ध मतदान गर्न एमालेले सांसदलाई ह्विप जारी गरेको छ । दलका नेता यामलाल कँडेलको घरमा जारी एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले पार्टीका सांसदलाई मुख्यमन्त्री शाहीविरुद्ध मतदान गर्न ह्विप जारी गर्ने निर्णय गरेको प्रमुख समेतक गुवालजंग शाहले अनलाइनखबरलाई बताए ।

बिहान ११ बज देखि बसेको एमाले संसदीय दलको बैठक जारी नै छ  । बैठक सकिएलगतै सबै सांसद २ बजे प्रदेश सभाको बैठकमा सहभागी हुनेछन् । दलको बैठकमा एमालेका सबै सांसद सहभागी भएको प्रमुख सचेतक शाहले दाबी गरे । ३९ सदस्य रहेको कर्णालीमा २० सांसद रहेको एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस