बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा २१ वर्षीय युवक पक्राउ

सफल खबर संवाददाता

विहीबार, ०२ बैशाख २०७८, १२ : ३७
बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा २१ वर्षीय युवक पक्राउ

काठमाडौं । एक बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा हेटौंडाको पुतलीबजार–६ बाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पक्राउ पर्नेमा पर्साको बीरगंज महानगरपालिका वडा नम्बर–२३ घर भइ हाल हेटौंडा उपमहानगरपालिका वडा नम्बर–६ मा डेरा गरी बस्ने २१ वर्षीय विशाल पासवान रहेका छन् ।

पासवानले हिजो बुधबार राती करिब १०ः३० बजेको समयमा हेटौंडा–६ पुतलीबजार नजिकैको खहरे लगेर करणी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

नाबालिकालाई करणी भएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रमुख प्रहरी उपरीक्षक समेतको टोली घटनाको प्रारम्भिक अनुसन्धान गरी पासवानलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले जानकारी दिए ।

पासवानलाई नियन्त्रणमा लिइ थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।