गर्भवती भएपछि नायिका ऋचा शर्माले यस्तो लेखिन्

सफल खबर संवाददाता

बुधबार, ०१ बैशाख २०७८, ०९ : १३
गर्भवती भएपछि नायिका ऋचा शर्माले यस्तो लेखिन्

काठमाडौँ । नेपाली सिने जगतकी चर्चित नायिका ऋचा शर्माले सामाजिक सञ्जाल फेसबुकमा लेखेर आफू गर्भवती भएकी कुरा खलाएकी छन् ।

नयाँ वर्षको मौका पारेर ऋचा शर्माले बुधबार बिहानै सामाजिक सञ्जालमा लेखिन, ‘एउटा जीवनलाई आफ्नो गर्भमा हुकाउने सौभाग्य पाउँदा, आज शब्दमा आफ्नो भावनाहरु पोख्न सकिरहेको छैन । आज आफ्नो धड्कनभन्दा कोही अरुको धड्कन मभित्र प्यारो आभाष भइरहेको छ ।’

प्रशंसकमाझ यो कुरा बाँड्न पाउँदा सम्पूर्ण महसुस भइरहेको पनि उनले बताएकी छिन् । उनका अनुसार एउटा जीवनलाई स्वरुप दिएर जीवन्त बनाउन पाउनु सायद साँच्चै नै सौभाग्यको कुरा हो ।

आफूभित्र हुर्किरहेको नयाँ जीवनको स्वागत गर्नका लागि ऋचा र उनका श्रीमान् दिपेक्ष विक्रम राणाले आफ्नो घरको दैलोमा सजीवनको रुख पनि रोपेका छन् । यसबारे उनी लेख्छिन्, ‘यो नयाँ जीवनको आगमन र यो रुखको अटुट साथ सधैं बनिरहोस् भन्ने तपाईंहरु सम्पूर्णको आशीर्वादको अपेक्षा गर्दछु ।’

यस्तो लेखिन उनले –

प्रतिक्रिया दिनुहोस