काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हल्ला फैलाएजसरी तत्काल लकडाउन नहुने बताएका छन् । नयाँ वर्षको उपलक्ष्यमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बुधबार अरु कुनै विकल्प नरहेको अवस्थामा मात्रै लकडाउनबारे सोच्न सकिने बताएका हुन् ।
‘कतिपयले आज नै लकडाउन भोलि नै लकडाउन गर्छ भनेर हल्ला फैलाए । तर सरकार सकेसम्म लकडाउन चाहँदैन,’ उनले भने, ‘विश्वका अन्य मुलुकहरु महामारी ह्वातै फैलिए लकडाउनको सहारा लिन बाध्य छन् । तर हामी अरु विधिबाट परिस्थिति बिग्रन नदिऔँ भन्ने चाहन्छौँ । मैले लकडाउन गर्ने धम्की दिए भनेर पनि भने । तर, परिस्थिति बिग्रिए मात्र सरकारले लकडाउन गर्छ भन्ने स्पष्ट पार्न चाहन्छु ।’
उनले सावधानी अपनाउने हो भने जनजीवन पनि सामान्य बन्न सक्ने बताए । आफूले लकडाउनको धम्की दिएको भनेर गरिएका दाबी पनि तथ्यहिन रहेको उनले बताए । प्रधानमन्त्री ओलीले भने, ‘महामारी ह्वात्तै बढ्यो र अरु विकल्पले काम गर्न सकेन भने लकडाउन हुन पनि सक्छ । तर त्यो अन्तिम विकल्प हो ।’
उनले सम्बोधनको क्रममा भने, ‘आलोचना गर्नेहरुले केही भएन भनेका छन् । तर हामीले भविष्यप्रति आशा र विश्वास जगाउने काम गरेका छौँ । रानीपोखरी बनायौँ, अब धरहरा पनि तयार भइसकेको छ ।’उनले सहकार्य र समन्वयको भूमिकामा जोड दिए पनि संसद चल्न नदिइएको आरोप लगाए । एमसिसीलाई संसदमा रोकिएको भन्दै उनले आलोचना गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ बैशाख २०७८, ०९ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आदिकविले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो: प्रधानमन्त्री ओली
योगको सम्बन्ध इजरायल-इरानबीचको द्वन्द्व अन्त्यसँग सम्बन्धित छ : प्रधानमन्त्री ओली
नेपाली समाजमा अनुशासनको कमी छ: प्रधानमन्त्री ओली
निजामती विधेयकमा केही समय पर्खिन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने
विद्यार्थीलाई रुची अनुसार पढ्न दिनुपर्छ : प्रधानमन्त्री