काठमाडौं । एमाले नेता योगेश भट्टराईले पार्टीभित्रको विवाद समाधानमा सबै पक्षले इमान्दार हुँदै आत्मालोचना गर्नुपर्नेमा जोड दिएका छन् । उनले पहिला फागुन २३ गतेको सर्वो अदालतको फैसलालाई सबैले स्वीकार गरेर त्यसपछि २०७५ जेष्ठ २ गते कायम रहेको नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आयोजना गर्न प्रस्ताव पनि गरेका छन् ।
‘बैठकमा खुला खुलस्त छलफल गरौ । षड्यन्त्र र छलछाम कसैले कसैमाथि नगरौ’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘आफूबाट भएका गल्तीलाई सबैले दीलबाट स्वीकार गरौँ । पार्टीलाई विधिसम्मत रुपमा संचालन गर्ने सबै तयार होऔँ। ’
महाधिवेशन र सबै तहका अधिबेवेशन आयोजना गर्दै स्वस्थ र पारदर्शी ढंगले लोकतान्त्रिक अभ्यास गर्ने र परिणाम सबैले स्वीकार गर्नुपर्नेमा पनि जोड दिएका छन् ।
यस्तै पार्टीलाई एकताबद्ध राख्दै आउने निर्वाचनमा नेकपा एमालेको बहुमत ल्याउन सबैले कसम खानुपर्नेमा पनि उनले जोड दिएका छन् । उनले भनेका छन्, ‘जमिनमा टेकौँ र जनता तर्फ फर्कौँ । यसैमा छ सबैको भलो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३१ चैत्र २०७७, ०७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन्: योगेश भट्टराई
मदन भण्डारीले फरक मत राख्नेलाई कहिल्यै दलाल भन्नुभएन: योगेश भट्टराई
योगेश भट्टराईको कटाक्ष : 'ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ'
योगेश भट्टराईले मागे ओलीको राजीनामा
योगेश भट्टराईको प्रश्न: कम्युनिष्ट आन्दोलनलाई वैचारिक बहसमा लैजाने कि विसर्जन गर्ने ?
अध्यक्ष ओली पक्राउको संयमित भएर विरोध गछौं : योगेश भट्टराई