कोरोना संक्रमण तिब्र : भारत उत्तर प्रदेशका सबै शैक्षिक संस्था बन्द

एजेन्सी

सोमबार, ३० चैत्र २०७७, ०८ : ५३
कोरोना संक्रमण तिब्र : भारत उत्तर प्रदेशका सबै शैक्षिक संस्था बन्द

एजेन्सी । कोरोना संक्रमणदर बढेपछि भारतको उत्तरप्रदेशका सबै शैक्षिक संस्था बन्द गरिएको छ । सरकारले आइतबार अप्रिल ३० सम्म शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ ।

एक सयभन्दा बढी संक्रमित भेटिएका जिल्लाहरुमा रात्रिकालीन कर्फ्यू लगाउने निर्णय पनि भएको छ । यसअघि लखनउ, कानपुर, गोरखपुर, गौतम बुद्धनगर, इलाहावाद, मेरठ, गजियावाद, बरेली र मुजफ्फरनगर जिल्लामा रात्रिकालीन कर्फ्यू लगाइएको थियो ।

प्रदेश सरकारको पछिल्लो निर्णयसँगै अब खुल्ला ठाउँमा १०० जना भन्दा बढी मानिसहरु जम्मा हुन प्रतिबन्ध लागेको बीबीसीले जनाएको छ । बन्द गरिएका स्थानहरुमा हुने कार्यक्रमहरुमा अधिकतम ५० जना उपस्थित हुन पाइने छ ।

आइतबार मात्रै उत्तरप्रदेशमा १५ हजार ३५३ नयाँ कोरोना संक्रमित थपिएका छन् । कोरोना महामारी सुरु भएयता यो प्रदेशमा ९ हजार १ सय ५२ जनाको मृत्यु भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस