कोरोना संक्रमणको प्रभाव शैक्षिक संस्थामा

पत्रपत्रिकाबाट

सोमबार, ३० चैत्र २०७७, ०६ : ३३
कोरोना संक्रमणको प्रभाव शैक्षिक संस्थामा

काठमाडौं । यतिबेला शैक्षिक सत्र अन्त्य भएर भर्ना अभियान सुरु हुनुपर्ने भए पनि कोरोना संक्रमण प्रभावले नयाँ शैक्षिक सत्र सम्बन्धमा अन्योलता छाएको छ ।

संक्रमणदर दिनप्रतिदिन बढ्दै गएपछि शैक्षिक संस्था मारमा परेका छन् । भर्खरै गति लिन थालेका शैक्षिक संस्था पुनः संक्रमण बढेपछि प्रभावित हुने देखिएको हो ।

केही विद्यालयको अहिले पनि परीक्षा सञ्चालन भइरहेको छ भने केही विद्यालयमा पाठ्यक्रम सक्नेगरी भौतिक उपस्थितिसहित पठनपाठन भइरहेको छ ।

तर, संक्रमण बढ्दै गएपछि शैक्षिक सत्र र परीक्षालगायत शैक्षिक क्रियाकलाप नै अनिर्णित हुने देखिएको हो । स्वास्थ्य मन्त्रालयले जोखिम क्षेत्रका विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालनको प्रस्ताव अघि बढाएको छ । यसले पनि शैक्षिक संस्थामा थप अन्योलता बढाएको हो ।

निजी विद्यालयको छाता संगठन प्याब्सनले पर्याप्त सावधानी अपनाएर विद्यालय सञ्चालन गर्नुपर्ने जनाएको छ । प्याब्सनका अध्यक्ष टीकाराम पुरीले स्वास्थ्य सतर्कता अपनाउँदै विद्यालय नियमित रूपमा सञ्चालन हुन दिनुपर्ने आवश्यकता आंैल्याए । राज्धानी दैनिकमा खबर छ ।  

प्रतिक्रिया दिनुहोस