जिल्ला स्तरीय नक आउट फुटबल ‘कैलाश कप’ २०७४ हुने

विहीबार, १५ चैत्र २०७४, १६ : १२
जिल्ला स्तरीय नक आउट फुटबल ‘कैलाश कप’ २०७४ हुने

भरतपुर ।  कैलाश युथ क्लब भरतपुर ११ ले जिल्ला स्तरीय नक आउट फुटबल प्रतियोगीता (कैलाश कप ) हुने भएको छ । कैलाश युथ क्लबको खेल मैदानमा यहि चैत्र १६ गते शुक्रबार (भोली) चैत्र २६ गतेसम्म प्रतियोगिता संचालन हुन लागेको हो । क्लबले पहिलो पटक जिल्ला स्तरीय नकआउट फुटवल प्रतियोगिता गर्न लागेको बुधबार भरतपुरमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जानकारी दिएको छ ।

प्रतियोगितामा चितवन र नवलपरासीका १६ वटा टिमको सहभागिता रहने छ । प्रतियोगितमा यात्रा फुटवल क्लब ,हरि स्मृति फुटवल क्लब विजय नगर ,चितवन भेट्रान जुनियर कृष्णपुर ,जुनियर पुलिस अफिसर क्लब भरतपुरको सहभागिता रहने छ । त्यस्तै खेलमा एभरेष्ट फुटबल क्लब ,युनिक फुटबल क्लब ,रामपुर फुटबल क्लब लगाएतको सहभागिता रहने छ । नेपालको खेल क्षेत्रलाई अगाडी बढाउन प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष किरण मरहठ्ठाले बताउनुभयो ।

प्रतियोगितामा विजेता टिमले नगद ५० हजार र उपविजेताले २५ हजार ,शिल्ड , मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । खेल अवधीभर उत्कृष्ट खेल प्रर्दशन गर्नेलाइ विद्यागत रुपमा पुरस्कृत गरिने क्लबका अध्यक्ष मरहठ्ठाले जानकारी दिनुभयो । खेल सम्पन्न गर्न २ लाख ५० हजार खर्च अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस