जाजरकोट । नलगाड नगरपालिका–८ मङ्सिरीमा आगलागी हुँदा पाँच घर जलेर पूर्ण रुपमा नष्ट भएका छन् । स्थानीय नौंधारी जङ्गलमा लगाएको आगो गाउँ पस्दा पाँच घर जलेको हिमालय आधारभूत विद्यालयका शिक्षक मनोद शर्माले बताए । उनका अनुसार अम्मरबहादुर सिंह, खड्क सिंह, वेदराज सिंह, चन्द्रबहादुर सिंह र यज्ञबहादुर सिंहको घर जलेका हुन् । घरभित्र रहेका लत्ताकपडा र पशुचौपाया समेत जलेका छन् ।
गए राति भएको सो घटनापछि पीडित परिवार खुल्ला आकाशमा बस्न बाध्य भएको प्रहरीले जानकारी दिएको छ । नलगाड नगरपालिकाका सबैभन्दा उच्च भाग र हावाहुरी अत्याधिक लाग्ने ठाउँ भएका कारण आगो नियन्त्रणमा लिन नसकिएकाले बढी क्षति भएको हो । यसैगरि दक्षिण पर्वतको पैयुँ गाउँपालिका–६ डाँडाकाहुँमा शुक्रबार आगलागी हुँदा पाँच घर र १५ गोठ जलेर पूर्ण रुपमा क्षति पुगेको छ ।
डाँडाकाहुँको भीरमा रहेको जङ्गलमा लागेको आगो बस्तीमा प्रवेश गरेपछि घर र गोठ जलेर नष्ट भएका हुन् । आगलागीबाट स्थानीय शेरप्रसाद गौतम, रेशमलाल गौतम, नमप्रसाद सापकोटा, रेशमलाल सापकोटा, जयकला सापकोटाको घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने खड्काप्रसाद गौतम, एकनारयण गौतम, चोलाकान्त सापकोटा, छविलाल गौतम, उमेश गौतमको घरमा आंशिक क्षति पुगेको छ ।
त्यसैगरी स्थानीयका १५ वटा गोठ जलेर पूर्ण रुपमा क्षति पुगेको इलाका प्रहरी कार्यालय हुवासका प्रहरी निरीक्षक विजयकुमार सिंहले बताए ।घरवारविहीन भएका अहिले आफन्तकोमा आश्रम लिएर बसेका छन् । आगालागीबाट पूर्ण क्षति भएका पाँच परिवारलाई तत्काल स्थानीय पैंयु गाउँपालिकाले नगद १० हजार, खाद्यान्न र लत्ताकपडा वितरण गरेको प्रमुख प्रशासकिय अधिकृत केशव लामिछानेले बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २८ चैत्र २०७७, ०९ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीका घटनामा वृद्धि, एकै दिन नौ स्थानमा आगलागी
रौतहटमा गुडिरहेको यात्रुवाहक बसमा आगलागी
भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु
जुत्ता-चप्पल गोदाममा आगलागी, ७० लाखको क्षति
टिपरमा एकाएक आगलागी
फ्रान्सको जंगलमा भीषण आगलागी, महिलाको मृत्यु