कोरोना प्रभाव : २५ जनाभन्दा बढी भेला नहुन स्वास्थ्य मन्त्रालयको आग्रह

सफल खबर संवाददाता

शुक्रबार, २७ चैत्र २०७७, ११ : ४६
कोरोना प्रभाव : २५ जनाभन्दा बढी भेला  नहुन स्वास्थ्य मन्त्रालयको  आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाउन सिफारिस गरेको छ । यसबारे कोभिड–१९ संकट व्यवस्थापन सेन्टर सीसीएमसीको आजै बस्ने बैठकले निर्णय गर्न सक्ने छ ।

कोरोना संक्रमणको दोस्रो लहर आएसँगै मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्ने स्थानमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउनुपर्ने निष्कर्ष निकालेको छ ।

त्यसअनुसार सीसीएमसीमा सिफारिस पठाएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।त्यही निर्णय भए विद्यालयका साथै आगामी वैशाखमा काठमाडौंमा हुने तय भएको त्रिकोणात्मक क्रिकेट सिरिज प्रभावित हुनसक्नेछ ।

प्रतिक्रिया दिनुहोस