थ्रीस्टार सेमिफाइनलमा प्रवेश

विहीबार, १५ चैत्र २०७४, १० : १८
थ्रीस्टार सेमिफाइनलमा प्रवेश

थ्रीस्टार क्लव बुटवलमा जारी तेस्रो मदन भण्डारी अन्तर्राष्टिय गोल्डकप फुटवल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । पाहुना टिम हिमालयन एफसी मलेसियालाई २–१ गोलले हराउँदै थ्रीस्टार सेमिफाइनल प्रवेश गरेको हो ।

अब थ्रीस्टारले चैत १६ गते पहिलो सेमिफाईनल खेलमा आयोजक मदन भण्डारी स्पोर्टस संग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस