काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँके जिल्लाको नरैनापुर गाउँपालिका–४ खोदवामा भएको भीषण आगलागीका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।
अध्यक्ष दाहालले आज साँझ एक विज्ञप्ति प्रकाशित गरी शनिबार लागेको आगलागीका कारण पिछडिएको गाउँपालिकाका रूपमा सूचीकृत नरैनापुरमा न्यूनतम ११५ घरधुरी जलेर नष्ट भएको भन्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
सो गाउँपालिकाका विभिन्न वडामा विगत एक महिनामा ठूलाठूला आगलागीका घटना भएका छन् । आगलागीबाट पीडितको तत्काल उद्धार, राहत र पुनर्वास तथा घाइतेको निःशुल्क स्वास्थ्योपचारका लागि अध्यक्ष दाहालले सरकारसँग विशेष आग्रह गर्नुभएको छ ।
घनाबस्ती तथा फुसका छाना भएका असुरक्षित आवासका कारण त्यहाँका बस्तीमा बर्सेनि आगलागीको चपेटामा पर्ने गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले सो बस्तीलाई सुरक्षित गर्ने दीर्घकालीन समाधानका लागि राज्यको विशेष ध्यान जान जरुरी रहेको बताउनुभएको छ ।
अध्यक्ष दाहालले तीनवटै तहका सरकारले तात्कालिक र दीर्घकालीन योजनासहित आगलागी र डढेलो नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २२ चैत्र २०७७, २१ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण र पुनर्गठन गर्छौँ’ : ‘प्रचण्ड’
‘विभेद रहँदासम्म कम्युनिष्ट पार्टीको औचित्य रहिरहनेछ’- ‘प्रचण्ड’
समाजवाद र साम्यवादका लागि वामपन्थी एकता आजको आवश्यकता : प्रचण्ड
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता
६ महिनाभित्र नेकपाको महाधिवेशन गर्ने प्रचण्डको लक्ष्य