काठमाडौं । सडकमा टागिएको नाङ्गो तार सर्ट हुँदा आज साँझ तनहुँमा एक ट्रक जलेर ध्वस्त भएको छ ।
जिल्लाको व्यास नगरपालिका–१ स्थित चारकुनेतर्फ जाँदै गरेको ट्रक अचानक विद्युत् सर्ट हुन जाँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
लु १ ख ८३६२ नम्बरको सो ट्रकमा रहेको पराल जलेर नष्ट भएको छ । घटनाको जानकारी पाएलगत्तै व्यास नगरपालिकाबाट गएको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २२ चैत्र २०७७, २० : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि