ग्याँसमा लुकाएर लागुऔषध तस्करी गर्ने दुई जना पक्राउ

सफल खबर संवाददाता

आइतबार, २२ चैत्र २०७७, १२ : १८
ग्याँसमा लुकाएर लागुऔषध तस्करी गर्ने दुई जना पक्राउ

काठमाडौं । प्रहरीले ग्याँसमा लुकाएर लागुऔषध तस्करी गर्ने दुई जनालाई काठमाडौँको फर्पिङबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्जको जगनाथपुर घर भएका तेजामनु गद्दी र अब्दुल्लाह गद्दी छन् । फर्पिङको चेक प्वाइन्टबाट उनीहरुलाई पक्राउ गराएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डिएसपी प्रमेश विष्टले बताए ।

वीरगञ्जबाट काठमाडौं आउँदै गरेका उनीहरुले बा ३६ प ७१३७ नम्बरको मोटरसाइकलमा सिलिन्डरभित्र लागु औषध ल्याएका थिए । प्रहरीले सिलिन्डरबाट ५ सय ६८ एम्पुल डाईजेपाम, ५ सय ७७ एम्पुल फेनारगन र ५ सय ७१ एम्पुल नुर्फिन बरामद गरेको छ । 

प्रतिक्रिया दिनुहोस