वडा कार्यालयमा चोरी गर्ने  ८ जना पक्राउ

रासस

शुक्रबार, २० चैत्र २०७७, १४ : ४२
वडा कार्यालयमा चोरी गर्ने   ८ जना पक्राउ

काठमाडौं । बर्दियामा वडा कार्यालय चोरी गरेको आरोपमा ८ जना पक्राउ परेका छन् । जिल्लाको बढैयाताल गाउँपालिका १ को वडा कार्यालयमा रहेको ३ थान कम्प्युटरका सहितका सामाग्री चोरेको आरोपमा बिहीबार ८ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा बढैयाताल गाउँपालिका गाउँपालिका १ का २३ वर्षीय यामबहादुर बिसी, २२ वर्षीय कमल खड्कासहित १ बालक र अन्य रहेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकाहरूमाथि चोरी सम्बन्धी कसुरमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस