मनकामना केबुलकारलाई नयाँ प्रविधिबाट स्तरोन्नति गरिने

सफल खबर संवाददाता

विहीबार, १९ चैत्र २०७७, १५ : ०५
मनकामना केबुलकारलाई नयाँ प्रविधिबाट स्तरोन्नति गरिने

चितवन । मनकामना केलुलकारको नयाँ प्रविधिबाट स्तरोन्नति गरिने भएको छ ।

मनकामना दर्शन प्रालिले दुई वर्षभित्र नयाँ प्रविधिको विकास गरी विभिन्न चरणमा स्तरोन्नति गर्दै जनाएको छ । कम्पनीका कार्यकारी सञ्चालक राजबाबु श्रेष्ठले केबुलकारलाई तीन चरणमा नयाँ प्रविधिमा लगिने बताए । उनका अनुसार प्रथम चरणमा तत्काल अति आवश्यक र मर्मत गर्न नसकिने पार्टपुर्जाहरु फेरिनेछ । 

दोस्रो चरणमा नयाँ प्रविधिमैत्री बनाउन पुर्वाधार तयार गरी केही अन्य थप पार्टपुर्जाहरु फेरिनेछ । अन्तिम चरणमा केबुलकारलाई डिजिटल सिस्टममा स्तरोन्नति गरिने, डीसी ड्राइभलाई एसी ड्राइभमा रुपान्तरण गरी विद्यमान प्रविधियुक्त बनाइनेछ । पच्चिसौं वार्षिक उत्सवसम्म नयाँ प्रविधिबाट मनकमना केबुलकार संचालन हुने कार्यकारी श्रेष्ठले बताए । 

२०५५ साल मंसीर ८ गतेदेखि सुरु भएको मनकामना केबुलकार २३ औं वर्षमा प्रवेश गरिसकेको छं । सबैको सहयोग, सद्भाव र माया पाएकोले  सफलता मिलेको मनकामना दर्शन प्रालिले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस