भारतबाट उद्धार गरिएका किशोरी सहित ७ बालिका अभिभावकको जिम्मा लगाईयो

सफल खबर संवाददाता

विहीबार, १९ चैत्र २०७७, ०९ : ४३
भारतबाट उद्धार गरिएका किशोरी सहित ७ बालिका अभिभावकको जिम्मा लगाईयो

जनकपुरधाम । घाँस काट्ने क्रममा बेपत्ता भएका महोत्तरीको भंगहा नगरपालिका ८ धर्मपुरका सातजना किशोरीलाई प्रशासनले परिवारको जिम्मा लगाइएको छ । महोत्तरी प्रहरीले बुधबार राति साढे १० बजे भारत बिहार राज्यको सितामढींबाट जलेश्वर ल्याएर उनीहरुलाई परिवारजनको जिम्मा लगाएको हो । 

बुधबार बिहान सीतामढीमा फेला परेका उनीहरुलाई भारतीय प्रहरीले उद्धार गरेको थियो । भारतीय प्रहरीले राति साढे ९ बजे नेपाल प्रहरीलाई जिम्मा लगाएपछि परिवारलाई जिम्मा लगाउने सहमति भएको थियो । दोषी पत्ता लगाउन घटनाको अनुसन्धानमा तथा थप सोधपुछको लागि बालिकाहरू लाई राती राखेर आज बिहीबार परिवारजनसँग घर पठाइएको छ ।  

सीतामढी प्रहरीले उद्धार गरेपछि किशोरीहरुले आफुहरु गायिका बन्न हिँडेको बयान दिएका थिए । यसले उनीहरुलाई बाहिर लैजानमा कसैको संलग्नता भएको हुन सक्ने आशंका गरिएको छ । प्रहरीले कसरी भारत पुगे भन्नेमा अनुसन्धान शुरु गरेको छ । मंगलबार अबेर साँझसम्म घर नफर्केपछि घरपरिवारमा रुवाबासी भएको थियो भने गाउँले त्रसित भएका थिए । 

प्रतिक्रिया दिनुहोस