पाँचथर । पूर्वमन्त्री एवं नेकपा एमालेका युवानेता महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमको बिस्तारै औचित्य पुष्टि हुँदै जाने बताएका छन् । संसद्ले कामै गर्न नसक्ने अवस्थामा पुगेको बताउँदै नेता बस्नेतले घटनाक्रमहरूले प्रतिनिधिसभा विघटन गर्ने कदमको औचित्य पुष्टि हुने बताए ।
प्रेस चौतारी पाँचथरले आज बिहान फिदिममा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतिनिधिसभा सदस्य बस्नेतले तीन दर्जनभन्दा बढी विधेयकहरूले पेश हुने ‘लाइन’मा रहे पनि संसद्मा पेश हुन नसक्ने अवस्थाले संसद्ले प्रभावकारी रुपमा आफ्नो जिम्मेवारी पूरा गर्न सक्दैन भन्ने पुष्टि भएको बताए ।
“कि त यो सरकार नै बाँकी दुई वर्ष चल्छ, वा नयाँ निर्वाचनमा जाने अवस्था बन्छ”, बस्नेतले दावी गर्दै भने , “मुलुकको राजनीति फेरि पनि प्रधानमन्त्री केपी शर्मा ओलीकै वरिपरि घुम्छ ।” उनले कम्युनिष्ट आन्दोलन भित्रका विकृति र विसङ्गतिहरूको अन्त्यका लागि सरकार र पार्टीविरुद्ध लाग्ने नेताहरूलाई कारवाही गर्ने, स्पष्टीकरण सोध्ने र सच्चिएर पार्टीमा फर्कने अवसर प्रदान गर्ने एमाले केन्द्रीय कमिटीको निर्णयअनुसार नै पार्टी अध्यक्षले कदम चालेको बताए ।
“जनवादका नाममा अराजकता स्वीकार्न सकिन्न”, बस्नेतले भने, “कारवाहीमा पर्नुभएका नेताहरूलाई सच्चिएर पार्टीको मूल नेतृत्वमा फर्कने अवसर दिइएकै छ ।” पत्रकार भेटघाटमा राष्ट्रिय युवा सङ्घका अध्यक्ष बच्चनबहादुर सिंहले सङ्घले युवाहरूलाई उत्पादनमा जोड्ने कार्यक्रम अगाडि बढाउने बताए।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १८ चैत्र २०७७, १२ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वर्तमान सरकार अधिनायकवादी र निरंकुश शैलीमा अघि बढिरहेको महेश बस्नेतको आरोप
सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
कार्की आयोगको प्रतिवेदनबारे सरकारको निर्णय कुटिल र षडयन्त्रपूर्ण : महेश बस्नेत
कार्की आयोगको प्रतिवेदन आग्रहपूर्ण र षड्यन्त्रपूर्ण छ : महेश बस्नेत
परिणाम अनुकूल भएन, जनताको निर्णय सर्वोपरि : महेश बस्नेत
‘बुथबाट मतपेटिका लैजाँदा दलको प्रतिनिधि सहभागी नगराउने कुरा स्वीकार्य हुँदैन’: महेश बस्नेत