थ्री नेसन्स कप

३७ वर्षपछि घरेलु मैदानमा नेपाललाई उपाधि

पत्रपत्रिकाबाट

मंगलबार, १७ चैत्र २०७७, ०७ : ३७
३७ वर्षपछि घरेलु मैदानमा नेपाललाई उपाधि

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिम १८ महिनायताका आठ खेलमा जितविहीन थियो । आठै खेलमा गोलसमेत गर्न सकेको थिएन । ६ वर्षपछि दशरथ रंगशालामा फर्कंदा राष्ट्रिय टिमले थ्री नेसन्स कपको समूह चरणका दुवै खेलमा गोल गर्न त सकेको थिएन नै, पोस्टमा गतिलो आक्रमण पनि भएन । फरवार्डबिना नै खेलेजस्तो देखिएपछि टिमकै आलोचना भइरहेको थियो । अन्ततः डेढ वर्षे गोलविहीन यात्रामा पूर्णविराम लगाउँदै सोमबार नेपालले बंगलादेशलाई २–१ ले हराएर थ्री नेसन्स कपको उपाधि चुमेको छ ।

घरेलु मैदानमा नेपालले उपाधि चुमेको यो ३७ वर्षपछि पहिलो हो । सन् १९८४ मा दशरथ रंगशालामै प्रथम दक्षिण एसियाली महासंघीय खेलकुद ९साफ गेम्स० मा नेपालले स्वर्ण उपाधि चुमेको थियो । त्यतिबेला पनि फाइनलमा नेपालले बंगलादेशलाई हराएको थियो, त्यसबेला स्कोर थियो ४–२ । यही रंगशालामा २२ वर्षअघि साफको आठौं संस्करण फाइनलमा भने नेपाललाई बंगलादेशले १–० ले निराश पारेको थियो ।

यो राष्ट्रिय टिमको पाँचौं उपाधि हो । सन् १९८४ को पहिलो साफ गेम्स र ढाकामा भएको छैटौं संस्करण ९१९९३० को स्वर्णपदकपछि पाँच वर्षअघि ढाकामै बंगबन्धु गोल्डकप र कुचिङ (मलेसिया) मा एएफसी सोलिडारिटी कपको ट्रफी चुमेको थियो । नेपालको हालसम्मको ठूलो उपलब्धि सोलिडारिटी कप हो । अरू चार उपाधि फुटबलको आधिकारिक निकाय ९फिफा, एएफसी र साफ० को औपचारिक प्रतियोगिता होइन । थ्री नेसन्स कप ‘आमन्त्रण प्रतियोगिता’ मात्र हो ।

सोमबारको खेलमा राष्ट्रिय टिमबाट खेल्ने अवसर पाएका मिडफिल्डर संजोग राईले १८ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । उनकै पासमा अर्का मिडफिल्डर विशाल राईले ४२ औं मिनेटमा घरेलु टिमको अग्रता दोब्बर बनाए । पहिलो हाफमा नेपाल आक्रामक रहे पनि दोस्रो हाफमा पाहुना टिम बलियो देखियो ।

महबुब रहमानले ८३ औं मिनेटमा गोल गर्दै अन्तर छोट्याए । समूह चरणमा भने नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेका थिए । कप्तान किरण चेम्जोङले भने, ‘सबैले राम्रो खेल्यौं, नयाँ खेलाडीले पनि राम्रो गरे । टिममा धेरै प्रतिभावान् खेलाडी देखेको छु । यस्तै प्रदर्शनलाई निरन्तरता दिन सकियो भने साफ च्याम्पियनसिप ९उपाधि० धेरै टाढा छैन । हाम्रो लक्ष्य भनेको साफमात्र होइन, एसियन कप पनि हो ।’

दक्षिण एसियाली क्षेत्रकै सबभन्दा प्रतिष्ठित प्रतियोगिता हो– साफ च्याम्पियनसिप, जहाँ नेपाल फाइनल पनि पुगेको छैन । एसियाली फुटबलकै सबभन्दा ठूलो प्रतियोगिता ‘एसियन कप’ हो र यसमा नेपालले हालसम्म छनोट पार गरेको छैन । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस