काठमाडौँ । जिल्लामा राष्ट्रिय परिचयपत्र विवरण दर्ता अभियान शुरु भएको छ । गृह मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालयको समन्वयमा यहाँका नौवटै स्थानीय तहका सबै नागरिकलाई सेवा दिन शुरु गरिएको हो ।
पहिलो पटक दिपायल सिलगढी नगरपालिकाबाट शुरु गरिएको अभियान अहिले बोगटान फुड्सिल गाउँपालिकाका सबै वडाहरूमा शुरु भएको छ ।
बोगटान फुड्सिल गाउँपालिकाका सबै वडा कार्यालयबाट अभियानकै रूपमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता शुरु गरिएको गाउँपालिका उपाध्यक्ष भगवती बमले जानकारी दिनुभयो ।
उक्त अभियानको गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिला र उपाध्यक्ष भगवती बमले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । सबै वडामा राष्ट्रिय परिचयपत्र वितरण अभियान शुरु भएपछि स्थानीयवासी खुशी भएका छन् । जिल्लाका अन्य सात स्थानीय तहमा पनि केही दिन भित्रमै अभियान शुरु गरिने जिप्रकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १५ चैत्र २०७७, २० : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपल्लो मुस्ताङको चराङ र लोमान्थाङमा राष्ट्रिय परिचयपत्र वितरण
राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउँछौ : सञ्चारमन्त्री गुरुङ
राष्ट्रिय परिचयपत्र पालिका तहबाट वितरण गर्ने तयारी
राष्ट्रिय परिचयपत्र बनाउनेको भीड
पेन्सनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य, तीन चरणमा लागू हुने गरी निर्णय