मुख्यमन्त्री भट्टद्वारा विकास निर्माणको अनुगमन

रासस

शनिबार, १४ चैत्र २०७७, १९ : २९
मुख्यमन्त्री भट्टद्वारा विकास निर्माणको अनुगमन

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज पुर्नवास नगरपालिकामा भइरहेको विकास निर्माण कार्यको अनुगमन गर्नु भएको छ ।

प्रदेश सरकारको लगानीमा निर्माण भइरहेका विकास निर्माणका कार्यको उहाँले अनुगमन गर्नु भएको हो । अनुगमनका क्रममा मुख्यमन्त्री भट्टले नगरपालिकाको–५ जोडने सडक निर्माणका लागि प्रतिवद्ध रहेको बताउनुभयो ।

“सडक निर्माणका लागि आवश्यक बजेट विनियोजन हुन्छ” उहाँले भन्नुभयो, “मेरै कार्यकालमा सडक निर्माण कार्यको थालनी हुन्छ ।” प्रदेश सरकारले समग्र विकास निर्माणको कार्यलाई अगाडि बढाएको चर्चा गर्नु हुँदै उहाँले विकासका लागि जनअपेक्षा धेरै भएको बताउनुभयो ।

“जनअपेक्षा अनुरुप कार्य गर्नु प्रदेश सरकारको दायित्व हो” उहाँले भन्नुभयो, त्यो पूरा गर्छौँ । विकास विगतको तुलनामा फरक तरिकाले भइरहेको छ । परिणाम आउन केही समय पर्खनुपर्छ ।” 

प्रतिक्रिया दिनुहोस