इजिप्टमा दुई रेल एकआपसमा ठोक्किदा ३२ जनाको मृत्यु, १ सय ६५ भन्दा बढी घाईते

एजेन्सी

शनिबार, १४ चैत्र २०७७, ०८ : ३०
इजिप्टमा दुई रेल एकआपसमा ठोक्किदा ३२ जनाको मृत्यु, १ सय ६५ भन्दा बढी घाईते

एजेन्सी । इजिप्टमा दुईवटा रेल ठोक्किएर दुर्घटना हुँदा ३२ जनाको ज्यान गएको छ । सोही दुर्घटनामा परि अन्य १६५ जना घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

इजिप्टको मध्य क्षेत्र स्थित सोहाग प्रान्तको ताहता शहर नजिकै दुई रेल ठोक्किएर दुर्घटना भएको हो । रेलका डिब्बाहरु लिकबाट बाहिर गएर पल्टिएका हुन् । आपतकालीन ब्रेक अज्ञात व्यक्तिले सक्रिय पारेका कारण सो रेलमा अर्को रेल ठोक्किएर दुर्घटना भएको इजिप्टका रेलवे अधिकारीले बताएका छन् ।

राष्ट्रपति अब्दुल फतह अल–सिसीले संलग्न व्यक्तिलाई कडा सजाय दिने बताएका छन् । राजधानी कायरोबाट ३६५ किलोमिटर दक्षिणमा दुर्घटना भएको हो । दुर्घटनामा परेको एउटा रेल दक्षिणी शहर लुसोरबाट भूमध्य सागरमा रहेको बन्दरगाह एलेक्जान्ड्रिया तथा अर्को रेल राजधानी कायरोबाट दक्षिणी शहर अस्वानका लागि गुडेका थिए ।

प्रतिक्रिया दिनुहोस